• १ साउन २०८१, मङ्गलबार

गोरखापत्रकर्मी अधिकारीको बिदाइ

blog

गोरखापत्रका नायब कार्यकारी सम्पादक सरोज अधिकारीलाई सम्मानसहित बिदाइ । तस्बिर : केशब गुरुङ

काठमाडौँ, साउन १ गते । गोरखापत्रका नायब कार्यकारी सम्पादक सरोज अधिकारीलाई उहाँका सहकर्मीले मङ्गलबार बिदाइ गर्नुभएको छ । गोरखापत्र दैनिक, मनोरम अप्सरा, युवामञ्च र गोरखापत्र अनलाइनमा विभिन्न जिम्मेवारीमा रहेर कार्य गर्नुभएका अधिकारी ५८ वर्ष उमेर हदका कारण बुधबारबाट सेवा निवृत्त हुँदै हुनुहुन्छ । 

गोरखापत्र संस्थानमा २०४४ मङ्सिर २७ गते लेखा प्रशासनमा प्रवेश गर्नुभएका अधिकारी २०५५ मङ्सिर २८ देखि सहायक सम्पादक पदबाट पत्रकारिताको यात्रा अगाडि बढाउनुभएको हो । उहाँ खेलकुद र अर्थ विषयमा गहन जानकारी राख्नु हुन्छ र त्यही विषयमा कलम चलाउनु हुन्छ । 

गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत, प्रमुख समाचारदाता केदार भट्टराईसहितका सहकर्मीले अधिकारीलाई सम्मानपत्र, मायाको चिनो प्रदान गर्नुभयो । 


नायब कार्यकारी सम्पादक अधिकारीले गोरखापत्रसँगको सम्बन्ध कायमै रहने र संस्थानका प्रकाशनको उत्तरोत्तर प्रगतिको कामना गर्दै पत्रकारितामै सक्रिय जीवन बिताउने बताउनुभयो । 

बिदाइ कार्यक्रममा बोल्ने वक्ताले पत्रकार अधिकारी सिर्जनशील, मेहनती र मिलनसार रहेको स्मरण गर्दै उहाँको भावी जीवन सुखद रहोस् भनी शुभकामना दिनुभयो ।