• १ साउन २०८१, मङ्गलबार

२०८१ साल साउन महिनाको राशिफल

blog

मेष

 बृहस्पतिको अनुकूलताले पठनपाठनमा अभिरुचि बढेर जाला । शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहने छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । विवाद एवं प्रतिस्पर्धामा सफलता मिल्ने छ । सामान्य चोटपटकको सम्भावना रहेकाले यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । नजिकका व्यक्तिबाट विश्वासघातको सम्भावना देखिन्छ ।  दाम्पत्य सम्बन्धमा सामान्य विषयलाई लिएर खटपट पर्न जाने छ । पेट तथा आँखासम्बन्धी समस्या देखा पर्ला  । महिनाको पूर्वार्धमा आँटेका काम बन्नाले आर्थिक पक्ष बलियो भएर जाने छ । पारिवारिक भेटघाटका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।

वृष

 उच्च मनोबलका साथ कार्यक्षमतामा समेत बढोत्तरी गराउने समय रहेको छ । अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आउने देखिन्छ । आर्थिक हानिनोक्सानीको सम्भावना देखिएकाले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्ला । घरायसी खर्चको मात्रा बढेर जाने छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ ।  प्रियजनसँगको भेटघाटले मन रमाउने छ । महिनाको पूर्वार्धमा  धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

मिथुन

 कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने देखिन्छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको योग रहेको छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखा पर्ने छन् । आर्थिक कारोबारमा सफलताको योग रहेको छ । आर्थिक हानिनोक्सानीको सम्भावना देखिएकाले लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ने छ । आँखा तथा पेटसम्बन्धी समस्या देखा पर्ला ।  महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

कर्कट

 गर्न लागेको काममा अनायासै नसोचेका बाधाअड्चन देखा पर्ने छन् । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने छ । झन्झटिलो यात्राको योग रहेको छ । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । घरायसी खर्चको मात्रा बढेर जाने छ । शरीरमा ज्वरोसम्बन्धी अस्वस्थताको सम्भावना रहेको छ । खराब व्यक्तिको सङ्गतले धोका पाइने देखिएकाले सङ्गतमा विचार गर्नुपर्ने देखिन्छ । महिनाको पूर्वार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् भने उत्तरार्धमा खर्चको मात्रा बढेर जाने छ ।

सिंह

 केही घरायसी पारिवारिक झमेला देखापर्ने छन् । शारीरिक आरोग्यता अनुकूल रहने छ । प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने छ । रोकिएका काम व्रmमशः बन्दै जाने छन् । वादविवादमा जित मिल्ने छ । धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने छ  । कामको उच्च मूल्याङ्कन हुनुका साथै पदोन्नतिको समेत सम्भावना रहेको छ । आर्थिक पक्षका कामबाट मनग्गे धनार्जन हुने छ । पठनपाठनमा भन्दा मनोरञ्जनमा मन बढी जाला । रमाइलो ठाउँको यात्राको सम्भावना रहेको छ । आफन्त एवं इष्टमित्रसँगको भेटघाटले मन रमाउने छ ।

कन्या

 सफलताको महिना रहेको छ । उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाला । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । विवाद एवं प्रतिस्पर्धामा सफलता प्राप्त होला । अध्ययन अध्यापनमा गहिरो अभिरुचि लाग्ने छ । सन्तान एवं परिवारका तर्फबाट सन्तोषको अनुभूति होला । धार्मिक एवं सामाजिक कार्यमा मन लाग्ने छ । महिनाको पूर्वार्धमा आँटेको काममा सामान्य बाधाअड्चन देखिए पनि उत्तरार्धमा सफलता, धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

तुला

 शारीरिक आरोग्यता अनुकूल रहने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाने छ ।  घरायसी पारिवारिक भेटघाटको अवसर प्राप्त होला । मनोरञ्जनको मामिलामा खर्च बढेर जाने योग रहेको छ । पठनपाठनमा बाधाअड्चन आइपर्ने छन् । धार्मिक कार्यमा अभिरुचि बढेर जाने छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्राको योग रहेको छ । अनावश्यक काममा दौडधुप एवं परिश्रम गर्नुपर्ने छ । महिनाको पूर्वार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् भने उत्तरार्धमा खर्च वृद्धि एवं सामान्य विवादको सम्भावना रहेको छ ।

वृश्चिक

 कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने देखिन्छ । आर्थिक पक्षका काममा सफलताको योग रहेको छ । स्वास्थ्योपचारका साथै घरायसी खर्चको मात्रा बढेर जाला ।  दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखापर्ने छ । अध्ययन अध्यापनमा अभिरुचि बढेर जाने छ । आर्थिक लगानी एवं लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ने छ । महिनाको  उत्तरार्धमा स्वास्थ्यलाभका साथै धनागमका अवसर मिल्ने छन् ।

धनु

 सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विशेष ख्याल पु-याउनुपर्ने छ । यात्रा एवं सवारी चलाउँदा विषेश सावधानी अपनाउनुपर्ने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् । ठूला आर्थिक लगानी एवं लेनदेनसम्बन्धी काम नगर्दा राम्रो होला । अनावश्यक विवाद एवं घरायसी झमेलाले सताउने छ । धार्मिक काममा अभिरुचि बढेर जाने छ । महिनाको पूर्वार्धमा भाग्यले साथ दिनाले आँटे ताकेका काममा आंशिक सफलता मिल्ने छ । महिनाको उत्तरार्धमा पारिवारिक झमेला बढेर जाने देखिन्छ ।

मकर

 आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । भाग्यले साथ दिनाले आँटेका काममा सफलता मिल्ने छ । आत्मबल बढेर जानाले कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाला । विवाद एवं प्रतिस्पर्धामा  सफलता मिल्ने छ । पारिवारिक सुखसन्तोष, इष्टमित्रसँगको भेटघाटका अवसर मिल्ने छन् । धार्मिक एवं सामाजिक कार्यमा सहभागिताको योग रहेको छ । पठनपाठनमा  आएका बाधाअड्चन व्रmमशः हटेर जानुका साथै अभिरुचि बढेर जाने छ ।

कुम्भ

 शारीरिक आरोग्यता अनुकूल रहने छ । पठनपाठनमा अभिरुचि बढेर बढेर जाला । रमाइलो पारिवारिक भेटघाटको अवसर मिल्ने छ । मानसिक प्रसन्नता, हर्ष आनन्दका अवसर मिल्ने छन् । सामाजिक कार्यमा सहभागिता, पारिवारिक भेटघाट एवं मनोरञ्जनका अवसर मिल्ने छन् । घरमा  धार्मिक कार्यको आयोजना होला । आर्थिक पक्षका काममा सफलता प्राप्त होला । रमाइलो ठाउँको यात्राको अवसर मिल्ने छ ।

मीन
 कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही ज्यादा नै पर्ने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला । काममा आएका बाधाअड्चन क्रमशः हटेर जाने छन् । पठनपाठनका साथै प्रतिस्पर्धामा महìवपूर्ण सफलताका मिल्ने छ । आफन्त एवं इष्टमित्रको सहयोगले काम बन्ने छ । घरमा रमाइलो पारिवारिक वातावरणको माहोल बन्ने छ । महिनाको पूर्वार्धमा काममा सामान्य बाधाअड्चन देखिए पनि उत्तरार्धमा सफलताको योग रहेको छ  ।

Author

ज्यो. हरिप्रसाद पौडेल