लोकगीतको एउटा बोल छ–
अल्लि यता सर न रेशम
चौतारीको वरपिपल झैँ बसौँ
चौतारी हुन वरपिपल हुनु पर्छ । कहीँ अरू रुखहरू र एक्लो वर वा पिपलका चौतारा पनि देखिन्छन् तर यसलाई चौतारोभन्दा पनि ‘एक्ले’ वर वा पिपल भन्नेगरिएको पाइन्छ । साहित्य चौतारो पनि भएकाले यहाँ सर्जक, सम्पादक (संयोजक) र पाठकको सघन सम्बन्ध हुनु पर्छ । चौतारोले यात्राको सिर्जना र संयोजन गर्छ । विगतमा यात्रुले आपूmले कहाँबाट यात्रा थाल्ने, कहाँ थकाइ मार्ने भन्ने नियमिततालाई चौतारोसँग जोडेर बुझ्थ्यो, हेथ्र्यो । समयको गतिले नयाँ नयाँ परिवेश सिर्जित छन् । लाग्छ, समय आफैँमा सर्जक पनि हो । सिर्जनाको यही व्रmममा आज यात्रा र चौतारा ओझलमा छन् । अहिलेको बिसौनी ‘बार’ मा हुन्छ वन, उपवन अर्थात् चौतारोमा हुँदैन । कस्तो वियोगान्त परिवेश छ– यात्रा र चौतारोबिच । सुसेल्ने दौँतरी, टल्कने ट्याङ्का बिसाउने लाहुरे, सुस्केरा हाल्ने भरिया सबै सबैको चौतारोसँग सम्बन्ध विच्छेद हुँदै छ ।
चौताराकै भोगाइ छ साहित्यको पनि । सर्जक र सम्पादकको सम्बन्ध चौताराकै अनुभवमा नियास्रिएको पाइन्छ । चौतारो हुनुपर्ने सर्जक, सम्पादक तथा पाठकहरू ‘एक्ले’ रुख हुँदै छन् । रुख मात्र पनि होइन रुखको चित्र हुँदै छन् । बैठककोठाका प्लास्टिक–पुष्प जस्तै । कुनै दिन थिए, सर्जक, सम्पादक पाठकहरूबिच भौतिक भेटघाट हुन्थ्यो । यस्तो भेटघाट हुनु पेसागत धर्म नै थियो । संवाद हुन्थ्यो, संश्लेषण र विश्लेषण हुन्थे । वादविवादबाट तìवबोध गरिन्थ्यो । अहिले त लेखक र सम्पादकबिच देखाभेट त छाडौँ बोलचाल हुन पनि आवश्यक छैन । रचना तयार ग¥यो, इमेलमार्फत पठायो, अनलाइनमा पढ्यो, अनलाइनबाट भुक्तानीलियो । यस्तो अवस्थाले सर्जक र सम्पादकबिचका जीवन्त सम्बन्ध विघटित हुँदै छ । अनलाइनले हामीलाई आउटलाइन गर्दै छ । सर्जक र सम्पादकको मात्र होइन समाज नै यस्तो परिवेशले आव्रmान्त छ । प्रविधिको विकासले सर्जकलाई पाठकसम्म पुग्न पत्रिका वा पुस्तक नै चाहिने बाध्यकारी अवस्था हट्दै छ । पढ्ने र लेख्ने भनेको कागजमै हो भन्ने मान्यता बदलिँदो समयले भत्काएपछि पत्रिका पढ्दा आउने मसी र कागजको बास्नालाई ‘गन्ध’ भन्ने पुस्ता तयार हुँदै छ ।
आज दुःखान्त छ दृश्य । सूचना प्रविधि र ‘हेल्लो’ संस्कृतिले हाम्रा भौतिक सम्पर्कलाई छिन्नभिन्न बनाएका छन् । हिजो रचना बुझाउन आउँदा सर्जक र सम्पादकबिचका ‘छोइने’ सम्बन्ध आज ‘सुनिन वा देखिने’ सम्बन्धमा परिणत छ । संवादले सर्जकलाई लेखकीय प्लट प्राप्त हुन्थ्यो तर आज लेखनको पारिश्रमिकलाई मङ्सिरको विम्ब बनाउने कविहरू देख्दैन नयाँ सडकले र त नारायणबहादुर सिंहहरू न्यास्रिन्छन् । नयाँ सडकलाई बङ्ग्याउने हरिभक्त, भूपि र मनुजबाबुहरूलाई देख्दैन पिपलबोट, त्यस कारण वर्तमान नयाँ सडक ‘एक्ले’ पिपलबोट भएको छ । चौतारो होइन ।
कागजमा सर्जकका अक्षर मात्र हुन्नथे, अनुहार हुन्थे, अनुहारमा आत्मीयता । कसका अक्षर कस्ता हुन्छन् सम्पादकले चिन्थे । हुलाकबाट सम्बन्धका पुलिन्दाहरू आउँथे सम्पादकका कार्यकक्षमा । सम्बन्धका अर्का सूत्र थिए ती । सर्जकहरूले पठाएका त्यस्ता हस्तलिखित दस्ताबेज सुरक्षित गर्न सकेका भए आज हामीले लेखनको ‘हस्तलेखन युग’ लाई इतिहास बनाएर स्व्रिmन लेखनमा रम्दै गरेको पुस्तालाई हस्तान्तरण गर्न सक्थ्यौँ । लेखनको यो ‘स्व्रिmनयुग’ मा हाम्रा भौतिक उपस्थितिहरू व्रmमशः भर्चुअल उपस्थितिमा परिणत हुँदैछन् जसबाट हामीहरू चौतारोबाट छुट्टिएर ‘एक्ले रुख’ हुँदै छौँ । एकातिर सर्जक अर्कोतिर सम्पादक । अझ टाढा पाठक । थाह छैन, यस्तो विगृहमा अबको लेखन, सम्पादन र पठनयात्राले कस्तो चौतारोमा बिसौनी गर्ने हुन र गन्तव्य कोर्ने हुन् ।
अर्कोतिर सम्बन्ध स्थापनाका ‘अति’ पहल पनि देखिन्छ । फलानो सम्पादक हुँदा म उपेक्षामा परेँ, तपाईं त सबैलाई समेट्ने क्षमता राख्नुहुन्छ, उहाँको त स्वार्थ र कोटरी थियो, जेहोस् तपार्इंमा त्यस्तो छैन भन्नेदेखि लिएर छपाइलाई प्रभावित गर्ने गरी पटक पटक भर्चुअल सम्पर्क गर्ने प्रवृत्ति केही मात्रमा भए पनि अनुभव गरिने परिवेश हो । तर समग्रमा साहित्यमा सम्पर्क त्यो पनि भौतिक सम्पर्कभन्दा विशाल सामीप्यता अर्को खोज्नु पर्दैन । सम्पर्कले संवाद र संवादले व्युत्पन्न गर्छ । अखिर साहित्य भन्नु व्युत्पत्ति पनि त हो नि । साहित्य भन्नु संयोजन पनि हो । सम्पर्कले संयोजन गर्छ ।
सम्पादक भएपछि आमसर्जकभन्दा ‘भिन्न र विशेष भएँ’ भन्ने कतिपयको व्यक्तिगत भुलभुलैया पनि नदेखिने होइन । धरहरा उक्लेपछि आफूसँगै सुन्धारा पुगेका साथीलाई होचो देख्छ मान्छे । त्यस कारण ऊ मान्छे हो, किनभने एकैछिनपछि धरहराबाट ओर्लेर सुन्धारा परिसरमाफेरि साथीसँगै उभिनु र नापिनु पर्छ भन्ने बिर्सन्छ ऊ । त्यस कारण सम्पादकको ‘तह’ हँुदैन । सतह मात्र हुन्छ, मात्र धराताल । जब सम्पादकले आफूलाई तहको सोपानीकृत गर्छ, उसले धराताल बिर्सन्छ । सबैथोक बिर्सन्छ । थोमस स्टर्नस् इलियट (१८८८–१९६५) आफ्ना रचनाले बाँचेका हुन् कि उनका रचना छाप्ने सम्पादकका कारण, यस विषयमा गम्भीर चिन्तन गर्नु पर्छ । सर्जकका लागि सिर्जना चाहिन्छ, पाठक र चाहिन्छ । सम्पादक गौण हुन्छ । अन्य लेखकले नलेखेको भए टिएस इलियटले ‘सम्पादक व्यक्तित्व’ बनाउन सक्थे र ? लेखकबिनाको सम्पादक, पाठकबिनाको लेखक यसैको सेरोफेरोमा हामीले हामीलाई बुझ्नु पर्छ ।
यसै कारण एउटा भनाइप्रति जिम्मेबार सम्पादक सधैँ होसियार रहनु पर्छ– ‘भगवान्ले जाने पुग्छ, सम्पादकले धरै जान्नु पर्छ ।’ सम्पादकले सर्जकको भावना जान्नु पर्छ, परिवेश बुझ्नु पर्छ । पाठकको भावना जान्नु पर्छ । सर्जकसँगको सम्पर्कर अन्तर्वि्रmयाको महìव तथा परिणाम जान्नु पर्छ, मान्नु पर्छ । यसका लागि भौतिक भेटघाट, अन्तव्र्रिmया, सुखदुःखका बातचित हुनै पर्छ जसनिम्ति पहिलो जिम्मेवारी सम्पादकको नै हुन्छ । ऊ टर्रो र बिरसिलो हुनुुहँुदैन । ऊ सडकमा व्यक्ति हुन्छ । जिम्मेबारीमा बसेपछि उसले आफूलाई ‘म’ भन्ने बिर्सनु पर्छ । सर्जक मात्र होइनन् पाठक पनि म जत्तिकै वा मभन्दा धेरै जान्ने छन्, म जत्तिकै वा सोभन्दा माथिको हैसियतमा छन् भनेर आत्मबोध गरेका विनयशील सम्पादकले मात्र जनसम्पर्कलाई व्रिmयाशील र परिणामामुखी बनाउन सक्छन् । लोकले अनुभव गर्ने सरकारी कार्यालयका ‘सर’ होइनन् सम्पादक । सर र सम्पादक फरक अस्तित्व÷व्यक्तित्व हुन् । हुन सक्छ, सर पदार्थ हो, ठोस । तर सम्पादक द्रव्य, समुद्र हो । ऊ बग्न र तालिन जान्नु पर्छ । ऊभित्र गहिराइ हुनु पर्छ ।
अब त सर्जकले सम्पादकको मुखै नहेरे पनि सामाजिक सञ्जाल वा व्यक्तिगत विद्युतीय प्लेटमर्फमार्फत् पाठकसम्म पुग्ने फराकिला विकल्प तयार हुँदै छन् । विद्युतीय (इ) नाता, सम्बन्ध स्थापित हुँदै छन् । जसबाट हामीले विचरण र आश्वादन गरेका हाम्रा सशरीर भेटघाट र अन्तव्र्रिmयाको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ । कम्तीमा पनि परिवारका सदस्य भान्सामा सँगै खाने अभ्यास र अवस्था छैन भने मान्नुहोस्, त्यो परिवारले आत्मीयता गुमाउँछ । यस्तै सर्जक, सम्पादक, पाठक पनि एकै परिवारका सदस्य झैँ निकटस्थ÷सामीप्य हुनु पर्छ । लेखक र सम्पादकबिचको सम्बन्धमा आएका परिवर्तन उदाहरण मात्र हो । आजका पुस्ताले हाम्राविशेष नाता जान्दैनन् । नाता अनुसार गर्नुपर्ने आदर जान्दैनन् । आदर अनुसार गर्नुपर्ने व्यवहार जान्दैनन् । प्राविधिक उत्पादन जस्ता छन् नयाँ पुस्ता । समाजमा देखिने यस्ता सांस्कृतिक परिवर्तनविरुद्ध कोही पनि जान सक्दैन । सांस्कृतिक परिवर्तन नदीको प्रवाह हो जो पूरै रोकेर रोकिँदैन तर केही थुनेर बिजुली निकाल्न सकिन्छ । हामीले पनि सांस्कृतिक परिवर्तन र मौलिकताको घडी समातेर परिवर्तन शून्य गर्न सकिँदैन तर सांस्कृतिक परिवर्तनलाई सामजहितार्थ परिमार्जनतिर लैजान सकिन्छ । सक्नु पर्छ । हाम्रा सबै सम्बन्ध यसैमा निर्धारण हुन्छन् । समाजमा आएको परिवर्तनले सम्पादक र सर्जकबिचका सम्बन्धलाई पनि प्रभावित गरेकाले यस सन्दर्भमा चिन्तन मनन आवश्यक देखिन्छ । तर स्पष्ट हुनु पर्छ– वर र पिपल सँगै भएपछि मात्र चौतारो बन्छ, जसरी सर्जक र सम्पादकबाट साहित्यको सार्वजनिकीकरण हुन्छ । यो आलेख तयार गर्दैगर्दा कवि डा. विष्णुविभू घिमिरेले फोनमा बधाई दिँदै भन्नुभयो, ‘बाबु तपाईं विशेष मानिस हुनुभयो, त्यो अनुसारको योग्यता कायम गर्नुहोस् ।’ मैले ‘विशेष’ शब्दमाथि आपत्ति जनाएँ । उहाँले फेरि थप्नुभयो– विशेष भनेको ठुलो मानिस होइन । तपाईंका व्यवहार र बोलीले मधुपर्कका आमपाठक तथासर्जकहरूलाई घोच्नु हुँदैन । तपाई नरम हुनुपर्छ ।’ त्यसपछि त म बोल्न सक्ने अवस्थै रहेन । मात्र भनेँ– “म सर्जक र पाठकलाई शिरमा बोकेर हिँड्ने छु ।” म जे लेख्दै थिएँ, कवि घिमिरेले निष्कर्ष निकालिदिनुभयो । म पनि सहमत छु– सम्पादक सर होइन । मधुपर्क