• १२ साउन २०८१, शनिबार

नबिल बैङ्कको चुक्ता पुँजी सत्ताइस अर्ब पाँच करोड

blog

काठमाडौँ, असार ३० गते । निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क नबिल बैङ्क लिमिटेड शुव्रmबारदेखि ४० वर्ष पूरा गरी ४१ औँ वर्षमा प्रवेश गरेको छ । २०४१ सालमा स्थापना भएर नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त यो बैङ्क नेपालको पहिलो विदेशी बैङ्कको संयुक्त लगानीमा आएको निजी बैङ्क पनि हो । आव २०४१/४२ को वार्षिक बजेटमार्फत वित्तीय क्षेत्रको सीमित उदारीकरण गरी नेपालमा संयुक्त लगानीका बैङ्क खोल्न दिएपछि नबिलको स्थापना भएको हो ।

तीन वर्षअगाडि नेपाल बङ्गलादेश बैङ्कलाई मर्जर गरेर नबिल बैङ्ककै नामबाट बनेको बैङ्क झन् सशक्त भएको बैङ्कले बैङ्किङ क्षेत्रमा प्रदान गरिने स्वदेशी तथा विदेशी पुरस्कार र सम्मानहरू पनि प्राप्त गरेको छ । बैङ्कले नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप (नबिल एसएसई) पनि सञ्चालनमा ल्याएको थियो । नबिल एसएसईले सामाजिक उद्यमशीलतामा फेलोसिप कार्यक्रम र २० सामाजिक उद्यमशीलतामा सर्टिफिकेट कोर्स गरी दुई फरक कार्यव्रmमहरू गरेको थियो । 

बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मनोज ज्ञवालीले विगतमा काठमाडौँ केन्द्रित बैङ्कका रूपमा चिनिएको बैङ्क अहिले देशभर पुगेको बताउनुभयो । देशभर यसका २६८ शाखा छन् भने २२ लाखभन्दा बढी ग्राहक रहेको उहाँले जानकारी गराउनुभयो । बैङ्कले नाफा कमाउने र ब्यालेन्स सिट वृद्धि मात्रै नभई दिगो विकासका लागि काम गर्न आवश्यक रहेको भन्दै उहाँले बैङ्क जिम्मेवारी भएर राष्ट्रियताका लागि काम गर्न जरुरी भएको बताउनुभयो ।

डिजिटलाइजेसनमा अग्रता

नाफा, लाभांशमा अग्रता कायम गरेको नबिल बैङ्कले डिजिटलाइजेसनमा पनि छुट्टै पहिचान कायम गरेको छ । बैङ्क डिजिटलाइजेसनमा सधँै अगाडि रहेको हुँदा सबैको छनोट नबिल बैङ्क नै हुन पुगेको बैङ्कको भनाइ छ । बैङ्कले डिजिटलाइजेसनलाई फोकस गरेर एन बैङ्क एप्स ल्याउँदा ग्राहकले धेरै सुविधा पाएको बैङ्कका डिसिइओ ज्ञवालीको भनाइ छ । बैङ्कले नेपालमै पहिलो पटक अनलाइन खाता खोल्न सकिने सेवा प्रारम्भ गरेको थियो । बैङ्कले कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै अनलाइनमार्फत खाता खोल्न सकिने व्यवस्था मिलाएको यो सुविधा अहिले बैङ्किङ क्षेत्रमै लोकप्रिय बनेको छ ।

त्यसको परिस्कृत स्वरूपमा बैङ्कले आफ्ना ग्राहकलाई अनलाइनबाटै ऋणसमेत दिने गरी नेपालमा नै पहिलो पटक एन बैङ्क (नियो बैङ्क) सञ्चालनमा ल्याइएको छ । यसका लागि मोबाइल बैङ्किङ एपलाई पूर्ण रूपमा परिमार्जन गरी एन बैङ्कको शुभारम्भ गरेसँगै नबिल बैङ्क कम्प्युटराइज्ड बैङ्कबाट अब नेपालकै पहिलो डिजिटल बैङ्कसमेत बनेको छ ।

नबिल बैङ्कले एन बैङ्कलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको छ । एन बैङ्कले जनताको बैङ्किङ व्यवहारमा परिवर्तन ल्याउने र दिगो बैङ्किङमा महìवपूर्ण योगदान पु¥याउने बैङ्कको विश्वास रहेको छ । ग्राहकहरूले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैङ्किङ सेवा प्राप्त गर्न सक्ने यो प्रविधिबाट ग्राहकले मोबाइल फोनको सहायताले खाता खोल्ने, निक्षेप राख्ने, भुक्तानी लिने, ऋण लिने जस्ता सबै परम्परागत बैङ्किङ सेवाहरू सजिलैसँग लिन सक्छन् ।

सेयरधनीलाई बहार

व्यावसायिक वृद्धि, नाफा तथा लाभांश क्षमताको हिसाबले लगातार अग्रता कायम गरेको बैङ्कले पुँजी बजारमा पनि आफ्नो पृथक् परिचय बनाएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमध्ये सेयरधनीहरूलाई हरेक वर्ष आकर्षक लाभांश वितरण गर्नेको सूचीमा पनि पर्छ यो बैङ्क । स्थापनाकालदेखि नै बैङ्कले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आइरहेको छ । 

बैङ्कले पछिल्लो ३९ वर्षमा सेयरधनीलाई आकर्षक लाभांश वितरण गरेको छ । बैङ्कले स्थापनादेखि हालसम्म हरेक वर्ष औसतमा ३१ प्रतिशत नगद लाभांश र २१ प्रतिशत बोनस सेयर गरी वार्षिक औसतमा ५१ प्रतिशत लाभांश प्रदान गरेको छ । बैङ्कले स्थापना भएदेखि हालसम्म सेयरधनीलाई २० अर्ब पाँच करोड ४४ लाख ७३ हजार ४३१ रुपियाँको लाभांश वितरण गरेको छ । स्थापना भएपछि सेयरधनीलाई ३६ वर्ष बैङ्कले नगद लाभांश वितरण गरेको छ भने सुरुको तीन वर्ष नगद लाभांश वितरण गर्न सकेन । 

बैङ्कले दिएको बोनससमेत हिसाब गर्ने हो भने लगानीकर्ताको सेयरको सङ्ख्यासमेत कैयौँ गुणा बढिसकेको छ । जसले गर्दा बैङ्कको पुँजी पनि बढेको छ । अहिले पुँजी बढेका कारण बैङ्कको लाभांश प्रतिशतमा कम भएपछि रकममा हरेक वर्ष बढ्दै गइरहेको छ । हाल बैङ्कको चुक्ता पुँजी २७ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । पहिलो पटक सेयरधनीलाई कुल ४९ लाख ७० हजार चार सय रुपियाँ लाभांश दिएको बैङ्कले अहिले करिब तीन अर्ब लाभांश वितरण गर्न सक्ने क्षमता बनाइसकेको छ ।

चालु आवमा बैङ्कले दुई अर्ब ९७ करोड रुपियाँ नगद लाभांश वितरण गरेको छ । अघिल्लो वर्ष बैङ्कले दुई अर्ब ६२ करोड रुपियाँ नगद लाभांश वितरण गरेको थियो ।

नाफामा अग्रता

चालु आवको ११ महिनामा नबिल बैङ्कले नै नाफाका आधारमा अग्रता कायम गरेको छ । नाफा आर्जनका हिसाबले नबिल बैङ्क अग्रस्थानमा रहेको छ । बैङ्कले चालु आवको ११ महिनामा  छ अर्ब ३६ करोड ८४ लाख रुपियाँ नाफा आर्जन गरेको छ । नेपाल राष्ट्र बैङ्कको चालु आवको साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार वाणिज्य बैङ्कको कुल नाफामा नबिल बैङ्कको हिस्सा ११.२८ प्रतिशत हो ।

गत आवको सोही अवधिमा पनि बैङ्कले सात अर्ब ११ करोड ३५ लाख रुपियाँ नाफा कमाएर अग्रणी बनेको थियो । समीक्षा अवधिमा २० वटा वाणिज्य बैङ्कले साढे ५६ अर्ब ४५ करोड पाँच लाख रुपियाँ खुद नाफा कमाएको थियो । राष्ट्र बैङ्कले उपलब्ध गराएको चालु आवको साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।