• १२ साउन २०८१, शनिबार

मोहना नदीमा बेवारिसे शव फेला

blog

अविनाश चौधरी

धनगढी, असार २७ गते । कैलालीको धनगढी उपमहानगरपालिका –९ स्थित मोहना नदीमा आज बेवारिसे शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३५ वर्षका देखिने पुरुषको शव फेला परेको हो । नदी किनारमा भेटिएको शवको पहिचान हुन सकेको छैन । 

वर्षात्को मौसम भएका कारण माथिल्लो क्षेत्रबाट शव बगेर आएको हुन सक्ने प्रहरीले जनाएको छ । उक्त शवलाई सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।