• १३ पुस २०८१, शनिबार

सम्झनामा साहित्यकार दधिराज सुवेदी

blog

अग्रज साहित्यकार एवं प्राज्ञिक व्यक्तित्व दधिराज सुवेदी शारीरिक वा भौतिक रूपमा अब रहनुभएन । विसं २०८० चैत १४ गते उहाँको इहलौकिक देहले चीरविश्राम लियो । 

“...पलापला छन् यदि प्राणवन्त

भने, त्यही जीवन हो अनन्त ।” 

(राष्ट्रकवि माधव घिमिरे) 

घिमिरेको उक्त कवितांशको आशय जस्तै दधिराज सुवेदी आफ्ना इहलौकिक जीवनयात्राका व्रmममा समयलाई जीवन्त, प्राणवन्त बनाएर सव्रिmय र अर्थपूर्ण जीवन बाँच्नुभयो । यस प्रकारको सव्रिmयताले उहाँलाई अन्ततोगत्वाः अमरत्व प्रदान ग-यो । साहित्यिक कर्मवृत्तका अनेक आयामहरूमा दधिराज सुवेदी विस्तारित रहनुभयो र सार्थक जीवनको मार्ग पहिल्याउँदै उचाइ प्राप्त गर्नुभयो । अनि सबैले देखिने व्यक्तित्वको हैसियत प्राप्त गर्नुभयो ।

दधिराज सुवेदीले स्वनिर्मित जगमा उभिएर नेपाली वाङ्मय यात्रा आरम्भ गर्नुभएको हो । नेपाली वाङ्मय जगत्मा साहित्यको फाँट सर्वाधिक समृद्ध मानिन्छ । वाङ्मयसेवी सुवेदी तीमध्ये समालोचना, पत्रकारिता, इतिहास लेखन, निबन्ध सिर्जना, सम्पादन एवं विविध विषयमा अनुसन्धानलगायतका फाँटहरूमा आबद्ध रहेर आफूलाई एक अविश्राम साधकका रूपमा प्रस्तुत गर्नुभयो । यीबाहेक विभिन्न साहित्यिक एवं सामाजिक सेवाका क्षेत्रहरूमा सहित उहाँको संस्थागत नेतृत्व र संलग्नता अटुट रूपमा रहिरह्यो । प्रतिभा पुरस्कार प्रतिष्ठान, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, वाणी प्रकाशनलगायत अन्य विभिन्न साहित्यिक, सांस्कृतिक संस्थाहरूले उहाँको नेतृत्व र मार्गदर्शन निरन्तर प्राप्त गरिरहे । यस्ता दर्जनाँै सङ्घसंस्थाहरूमा दधिराज सुवेदीको निःस्वार्थ संयोजनकारी÷नेतृत्वदायी भूमिका रह्यो । यस्ता सङ्घसंस्थाहरू उहाँको वाङ्मयिक योगदानका लागि सदा ऋणी रहने छन् । 

नेपाली वाङ्मयका क्षेत्रमा अग्रज साहित्यकार दधिराज सुवेदीका लेखन कर्महरू उहाँको प्राज्ञिक व्यक्तित्वका परिचायक बने । अर्कातिर संस्थागत सव्रिmयता र तिनको जीवन्तताका लागि पु¥याउनुभएको योगदानले उहाँलाई सामाजिक तहमा एक समर्पित बौद्धिक अभियन्ताका हैसियतमा समेत सम्मानित गरायो । साहित्य साधनाका यी दुवै आयामलाई सँगसँगै आत्मसात्् वा अवलम्बन गरेर सुवेदीले आफ्नो व्यक्तित्वलाई राष्ट्रिय स्तरमा सुपरिचित र सम्मानित गराउनुभयो । उहाँको व्यक्तित्वका यी दुवै आयाम उहाँलाई बुझ्ने महìवपूर्ण आधारहरू हुन् भन्न सकिन्छ । 

नेपाली साहित्यिक जगत्का यी अविश्राम उन्नायक दधिराज सुवेदी आफ्नो झन्डै ६ दशकभन्दा लामो समयसम्मको सिर्जनात्मकता, पत्रकारिता, सम्पादन, अनुसन्धान एवं संस्थागत सामाजिक सव्रिmयताका कारण स्वयं नै एक सम्मानित संस्थाका हैसियतमा समेत पुग्नुभयो । उहाँको कर्मस्थल विराटनगर रह्यो यद्यपि उहाँको प्रत्यक्ष सव्रिmयता एवं साहित्यिक कर्महरूको परिवृत्त पूर्वाञ्चल क्षेत्रमात्र नभई मुलुकभरि नै विस्तारित रह्यो । काठमाडौँको आँखाले पूर्वतिर हेर्दा प्रस्ट देखिने वाङ्मय स्रष्टा साधकहरूका लहरमा अलग्गै व्यक्तित्वका साथ गरिमामय उचाइ प्राप्त गर्नुभएका साधक दधिराज सुवेदी जीवनको उत्तरार्धसम्ममा स्वयं एक ‘केन्द्र’ का हैसियतमा पुग्नुभयो । स्रष्टा, साधक एवं वाङ्मय तपस्वीहरू जहाँ बसेर साधना गर्छन् त्यही केन्द्र हो । मुलुकको कुनै पनि ठाउँ स्रष्टाका लागि साधनाकेन्द्र बन्दछ, साधक क्षेत्रीय, प्रान्तीय भन्ने हुँदैन । दधिराज सुवेदी आफ्नो साहित्यिक÷वाङ्मयिक व्यक्तित्वको उद्गम स्थल विराटनगरलाई बनाएर मुलुकभरि विस्तारित हुनुभयो, जसरी अरू धेरै साधकहरू त्यहीँ उदाए र मुलुकभित्र र बाहिर टाढा टाढासम्म फैलिए, फैलिएका छन् । 

नेपाली साहित्य जगत्का विख्यात नक्षत्रहरू विश्वेश्वरप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, महानन्द सापकोटा, बालकृष्ण पोखरेल, देवकुमारी थापा, नरेन्द्र चापागाईं, भानुभक्त पोखरेललगायत कैयौँ स्रष्टा साधकहरूको कर्म र कर्तृत्वसँग जोडिएको वाङ्मय साधनास्थल विराटनगरलाई उर्वर बनाइराख्न विगत विसं ३० को दशकयता साधक दधिराज सुवेदीले आफ्नो जीवन अर्पण गर्नुभएको कुरा वाङ्मय जगत्ले महसुस गर्दै आएको हो । उहाँले आफ्नो उर्वर जीवनका झन्डै साठी वर्षसम्म विराटनगरलाई साहित्यिक, प्राज्ञिक गतिविधिको उज्यालोले हर्दम जाग्राम गराउनुभयो, जुन उज्यालो अनुज पुस्ताका स्रष्टा साधकहरूका लागि प्रेरणादायी रह्यो, रहिरहने छ । अनुज पुस्ताका स्रष्टाहरूलाई उठाउन, उजिल्याउन र चिनाउन उत्तिकै आफ्नो श्रम, साधना र सामथ्र्य खर्चिएकै कारण उहाँको व्यक्तित्व र कृतित्व अझ विस्तारित बन्न पुगेको पनि स्मरण गर्न सकिन्छ । 

वर्तमानमा राज्यस्तरीय वाङ्मयिक प्रतिष्ठानहरू अमुक राजनीतिक दलसम्बद्ध कार्यकर्ताहरूका भर्तीकेन्द्र बन्दै गइरहेका देखिन्छन् । तिनमा नियुक्त हुन प्राज्ञिक, सिर्जनशील कर्महरूद्वारा राष्ट्रिय स्तरमा सम्मानित योग्यतासहितको वैयक्तिक पृष्ठभूमिको आवश्यकता नै नपर्ने हुन थालेको कुरा सर्वत्र महसुस गरिँदै आएको छ । त्यस कारण प्रतिष्ठानहरूको प्राज्ञिक गरिमा एवं मर्यादा हलुङ्गो र सस्तो हुन थालेको अनुभव हुन्छ । यस सन्दर्भमा दधिराज सुवेदीलाई उहाँका वाङ्मयिक सुकर्महरू र प्राज्ञिक अभ्यासहरूमा रहेको उहाँको निरन्तरताले ‘नियुक्त’ प्राज्ञभन्दा माथिको प्राज्ञत्वको उचाइमा पु¥याएको पनि अनुभव हुन्छ । 

दधिराज सुवेदी आफ्नो जीवनकालमा अभिनन्दित त हुनुभयो नै, जीवनोपरान्त पनि आफ्नो कृतित्वका कारण अभिनन्दनीय रहिरहनुहुने छ । साहित्य जगत्का एक गौरवका रूपमा सम्मानित व्यक्तित्व दधिराज सुवेदीसँग व्यक्तिगत तवरमा पनि नजिकिने अवसर पाएको कुराको स्मरण गर्दा यस पङ्क्तिकारलाई पनि गर्वको अनुभव हुन्छ । यस पङ्क्तिकारले २०३६÷३७ सालदेखि नै दधिराज दाइको सान्निध्य प्राप्त गर्दै आएको हो । त्यसबेला म मोरङ कलेजको विद्यार्थी थिएँ । सुरु सुरुमा कलेजका साहित्यिक गतिविधिहरूमा सहभागिता जनाउँथे । यस व्रmममा विस्तारै जब विराटनगरका साहित्यिक गोष्ठीहरूमा उपस्थित हुन थालेँ, तबदेखि नै दधिराज दाइको निकटमा पनि रहन थालेँ । विराटनगरमा उहाँ धेरै पहिलेदेखि नै सव्रिmय रहँदै एउटा ‘व्यक्तित्व’ बनिसक्नुभएको रहेछ । उहाँद्वारा २०२८ सालदेखि नै सम्पादन हुँदै आएको ‘बरगाछी’ साहित्यिक पत्रिका निकै स्तरीय रहेको चर्चा साहित्यिक वृत्तमा हुने गथ्र्यो । २०३८ सालदेखि दाइसँग म बढी नजिकिन पुगेँ । विराटनगरमा २०३८ सालमा अनौपचारिक तवरमा आरम्भ भएको ‘शनिबार साहित्य समूह’ ले मलाई उहाँका निकटमा पुग्ने संयोग जुटायो । सन्सारीमाइस्थानमा रहेको पिपलबोटमा सिमेन्टीको चिसो गोलाकार चौतारोमा बसेर कहिले तत्काल दिवङ्गत स्रष्टाहरूका संस्मरणात्मक कार्यव्रmमहरू त कहिले अनौपचारिक तवरमै कवि गोष्ठी गर्ने जस्ता गतिविधिमार्फत शनिबार साहित्य समूहको व्रिmयाशीलता बढ्दै गयो । २०३८ सालमै त्यस समूहको आयोजनामा विराट् कवि सम्मेलन सम्पन्न भयो । त्यसैताका बृहत् मुक्तक गोष्ठी आदि कार्यव्रmम पनि गरिए । यी र यस्ता साहित्यिक कार्यव्रmमहरूमा दधिराज सुवेदी र नरेन्द्र चापागाईं अगाडि हुनुहुन्थ्यो, नेतृत्व गर्नुहुन्थ्यो । अरूहरू शैलेन्द्र साकार, कृष्णभूषण बल, रमेश तुफान, प्रमोद प्रधान, महेश प्रसाईं, शैलेश आचार्य, नारायण तिवारी, इन्दिरा प्रसाईं, मधु पोखरेल, विवश पोखरेल, लक्ष्मण नेवटिया, कृष्णराज कोइराला, राधेश्याम लेकाली, सुवास ढकाल, श्याम अधिकारी, रमेश दाहाल, गोकुल अधिकारी, सुभास लोहनी र अन्य कैयौँ स्रष्टाका जमातमा यो पङ्क्तिकार पनि आबद्ध थियो । प्रा. बालकृष्ण पोखरेल, देवकुमारी थापा, भानुभक्त पोखरेल, लक्ष्मण शास्त्री, मेदिनी शर्मा, गणेश भण्डारी, नारद ओझा आदि अग्रज स्रष्टा पनि बेला बेलामा हुने गरेका औपचारिक गोष्ठीमा आउनुहुन्थ्यो । यस्ता कतिपय औपचारिक कार्यव्रmममा दधिराज सुवेदीसहितको संयोजकीय अग्रसरता रहेको देखिन्थ्यो । २०४२ सालपछिका त्यहाँ हुने गरेका साहित्यिक गतिविधिमा म प्रत्यक्ष सहभागी हुने मौका नमिले पनि त्यसबेलासम्म सबैभन्द बढी दधिराज दाइ र अन्य अग्रज स्रष्टा साधकसँगको सान्निध्यता, प्रेरणा र हौसलाले मेरो सामान्य साहित्यिक सिर्जनाको आधारशीला निर्माण गरेको अनुभूति ममा भइरहेकै छ । 

२०४२ को अन्त्यतिर म काठमाडौँ आएँ । दाइसँग केही वर्ष भेट भएन । २०४५ देखि म ने.टे.मा जोडिएँ । त्यस व्रmममा २०४७ साल असारमा ने.टे. व्यवस्थापनले बिपी कोइरालाको व्यक्तित्वमा आधारित धारावाहिक वृत्तचित्र निर्माण गर्ने निर्णय ग¥यो । म त्यस वृत्तचित्र निर्माण टिममा आबद्ध भएँ । देशभरि र प्रवासमा सहित छायाङ्कनको बृहत् योजना तयार भयो । विराटनगरको कोइराला निवास एक प्रमुख छायाङ्कनस्थलका रूपमा तय हुने नै भयो । म छायाङ्कन टोलीका साथ विराटनगर गएँ । ने.टे.बाटै दधिराज दाइसँग सम्पर्क गरिसकेको थिएँ । कोइराला निवासलगायत मिल्स एरिया, जनपथ टोल, बजार अड्डा, रङ्गेली, डाइनिया आदि कैयौँ ठाउँमा छायाङ्कन गर्नुथियो । छायाङ्कन स्थलहरू प्रायः सबैतिर दधिराज दाइ साथमा रहनुभयो । विराटनगरबाहेक बिहारको सहर्षा जिल्लामा पर्ने टेढी, दीपनगर जहाँ बिपीको बाल्यकालका केही वर्षहरू व्यतीत भएका थिए; त्यहाँ जान हामीलाई दाइले नै सल्लाह दिनुभयो र उहाँकै साथमा हामी टेढी पुगेर छायाङ्कन सकी विराटनगर हुँदै काठमाडाँै फक्र्यौं । यसरी ने.टे.लाई बिपी मन्थनको इतिहास नामक शृङ्खलाबद्ध वृत्तचित्र निर्माण गर्न दधिराज दाइले पु¥याउनुभएको अमूल्य सहयोगको क्षणलाई म स्मरण गरिरहेछु । यस्तै अरू कतिपय वृत्तचित्र वा साहित्यिक कार्यव्रmमहरू निर्माणका सिलसिलामा म विराटनगर जाँदा पनि दाइले उसैगरी सहयोग पु¥याउनुभयो । उहाँले गरेका ती अमूल्य सहयोग र सद्भावका आत्मीय क्षणहरू मेरा स्मृतिमा कहिल्यै ओइलाउने छैनन् । ती क्षणका स्मृति मेरा मानसभूमिमा रहेर मलाई दधिराज दाइको निश्छल आत्माको निकटमा पु¥याइरहने छन् । मभित्र उहाँबाट प्राप्त यस्ता सहयोग, प्रेरणा र प्रोत्साहनका स्मृतिपत्रहरू अरू कैयौँ छन् । ती प्रत्येकले उहाँसँगको आत्मीयतालाई ब्युँझाइरहेका छन् । 

अग्रज वा अनुज पुस्ताका कैयौँ स्रष्टा, लेखक वा वाङ्मयसेवी व्यक्तित्वहरूले दशकाँैदेखि दधिराज सुवेदी र उहाँसहितको अग्रसरतामा स्थापित साहित्यिक संस्थाहरूबाट पुरस्कार, प्रेरणा, प्रोत्साहन वा सम्मान प्राप्त गरिरहेका छन् । उहाँको वाङ्मय सेवाको यो एक अर्को महìवपूर्ण पाटो हो । 

विसं २००४ साल साउनमा भोजपुर, दिङ्लामा जन्मनुभएका वाङ्मय सेवी दधिराज सुवेदीले आफ्नो जीवन र कर्महरूको प्रेरणाको श्रेय सन्त षडानन्द अधिकारीलाई दिँदै लेख्नुभएको छ; “मैले मेरो सफलताको श्रेय उनै श्रद्धेय सन्त षडानन्द अधिकारीलाई दिनु पर्दछ जसका सुकीर्तिको संस्कार ग्रहण गर्दै म यहाँ आइपुगेँ र सुन्दर संसार हेर्ने अवसर पाएँ ।” (अनुभव र अनुभूति)

अन्त्यमा प्राणी जगत्को सर्वश्रेष्ठ सिर्जना मानिएको मानिस मूलतः सामान्य मानिसका रूपमा आफ्नो आयु व्यतीत गरेर बिदा हुन्छ । ऊ खुम्चिनुसम्म खुम्चिँदै आफूमा मात्र सीमित रहेर समाजबाट बेखबर बिदा हुन्छ । फेरि ऊ विस्तारित हुँदै हुँदै गएर आफ्नो समाज र देशको क्षितिजभरि फैलिन पनि पुग्छ, अझ त्यसभन्दा बाहिरसम्म पनि फैलिन पुग्छ । अग्रज साहित्यकार, वाङ्मयसेवी दधिराज सुवेदी आफ्नो अनवरत/अथक साधनाका कारण विस्तारित हुनुभयो अनि आफ्नै साधना÷सामथ्र्यले मुलुककै क्षितिजलाई छुन पुग्नुभयो र अमरत्वको अदैहिक पुनर्जीवन यात्रा आरम्भ गर्नुभयो । उहाँलाई सतत प्रमाण ।मधुपर्क