• १२ साउन २०८१, शनिबार

ज्योतिषीका तीन म्युजिक भिडियो

blog

काठमाडौँ, असार २६ गते । पण्डित ज्योतिषी डा. रुद्रनाथ अधिकारीका ‘बुझ मायालु’, ‘यसपालिको तिजमा’ र ‘यस्तै रहेछ भाग्य’ बोल गीतका म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार सङ्घ नेपालद्वारा आयोजित कार्यक्रममा गीतकार एसपी कोइरालाले म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । गीतकार आनन्द अधिकारीले गीति लेखनमा पनि ज्योतिषशास्त्रलाई समावेश गरिएको चर्चा गर्दै डा. अधिकारीका गीतमा नेपाली जनजीवन र माटोको सुवास पाइने बताउनुभयो ।

डा. रुद्रनाथ अधिकारीले ज्योतिषशास्त्र वैदिक परम्परासँगै सङ्गीतको जन्म भएको चर्चा गर्दै भगवान् शिवबाट नै सङ्गीतको पहिलो प्रादुर्भाव भएको बताउनुभयो । कवि एसपी कोइरालाले डा. अधिकारीको गीति लेखनले ज्योतिष विज्ञानमा प्राप्त गरेको लोकप्रियता जस्तै बनोस् भन्ने शुभकामना दिनुभयो । भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गर्नुभएको छ ।