• १२ साउन २०८१, शनिबार

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको बस दुर्घटना : १२ जनाको मृत्यु

blog

जोहानेसबर्ग, असार २६ गते । दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ ।

मिनीबसका चालकको पनि मृत्यु भएको र अन्य सात जना बच्चालाई तत्काल उपचारका लागि अस्पताल लगिएको गौतेङ्ग प्रान्तीय सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

टेलिभिजनमा प्रसारण तस्बिरहरूले सहरबाट ७० किलोमिटर पश्चिममा रहेको मेराफोङमा भएको दुर्घटनामा मिनीबस पूर्णरूपमा नष्ट भएको देखाएको छ  ।

गौतेङ्गका शिक्षामन्त्री माटोम चिलोनेले बताउनुभयो, “यो दुःखद घटनाबाट म निकै दुःखी छु । हाम्रा छोराछोरीहरू गुमाउनु हाम्रो समुदायका लागि आघातपूर्ण घटना हो । हामी मृतकको परिवारप्रति समवेदना प्रकट गर्दछौं र घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।” रासस/एएफपी