• १२ साउन २०८१, शनिबार

माछा मार्ने क्रममा डुबेर मृत्यु

blog

अविनाश चौधरी

धनगढी, असार २६ गते । कैलालीको मोहना नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको डुबेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माछा मार्ने क्रममा राना डुबेर बेपत्ता भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटेको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

गए राति करिब पौने १० बजे राना नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।