• २३ असार २०८१, आइतबार

चलचित्रमा कर्णालीको दुःख

blog

काठमाडौँ, असार २० गते । सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी र लोक देउडा भाकामय चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ को प्रथम प्रदर्शन गरिएको छ । कर्णाली प्रदेशको जनजीवनमा आधारित साङ्गीतिक चलचित्रमा सो क्षेत्रको आर्थिक र सामाजिक समस्या देखाइएको छ ।

चलचित्रका निर्देशक रतन देवकोटाका अनुसार चलचित्रमा कर्णालीको कथाव्यथा प्रस्तुत गरिएको छ । चलचित्रमा चक्रे बलमेले सङ्गीत दिनुभएकोे छ । रचना रिमाल र ठाडी भाकामा डिक्रा देवी बादीको आवाज रहेको छ । सौरभ लामिछानेको छायाङ्कन रहेको चलचित्रमा रेनुनाथ योगी, सञ्जय परियार र चक्र बलमेले अभिनय गर्नुभएको छ ।