• १२ साउन २०८१, शनिबार

पालिकाको प्रशासनिक भवन निर्माण

blog

तस्बिर:रासस

खोटाङ, असार ८ गते । जन्तेढुङ्गा गाउँपालिकाको पक्की भवन दुई करोड ३९ लाख आठ हजारको लागतमा निर्माण सम्पन्न भएको छ । निर्धारित समयभन्दा एक महिनाअघि भवन निर्माण पूरा भएको हो ।

तीन तले पक्की भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रकम प्रदान गरेको थियो । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएको थियो । हाल जिल्लाका सबै स्थानीय तहमा प्रशासनिक भवन धमाधम निर्माण भइरहेका छन् । रासस