• १३ असार २०८१, बिहिबार

इनर ह्विल क्लब अफ कीर्तिपुरको स्मारिका लोकार्पण

blog

स्मारिक सार्वजनिक कार्यक्रम ।

काठमाडौँ, असार ७ गते। ईनर ह्विल क्लब अफ कीर्तिपुर सेन्ट्रलले अध्यक्ष रञ्जना शाक्य महर्जनले तयार पार्नुभएको स्मारिका “पहिचान” सार्वजनिक भएको छ। 

बर्खाहितिस्थित केएनएस ब्यांक्वेटमा अध्यक्ष रंजना शाक्य महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि ईनर ह्विल ३५०का जिल्ला अध्यक्ष टुना थापा हुनुहुन्थ्यो। 

कार्यक्रममा एनआर कमला महर्जन सुवाल, आइआइडब्लु बोर्ड अफ डाइरेक्टर कमल प्रभा खरेल, पूर्व एनआर विजय लक्ष्मी श्रेष्ठ, सुनी जोशी, पूर्व अध्यक्ष ज्ञानु श्रेष्ठ, जिल्ला सचिव कमला श्रेष्ठ, बालाजुको संस्थापक अध्यक्ष प्रा।डा।कुमुदिनी बज्राचार्य शाक्य बालाजुका पूर्व अध्यक्ष सबिता दास लगायतको उपस्थिति थियो। 

कार्यक्रममा कीर्तिपुर शाखाका निवर्तमान अध्यक्ष रमा महर्जन, संस्थापक अध्यक्ष राजिता गौतम महर्जन, कोषाध्यक्ष ललिना महर्जन, लगायत कार्यकारी समितिका सबै सदस्यको उपस्थिति थियो। 

प्रमुख अतिथी टुना थापा, कमल प्रभा खरेल, कमला महर्जन सुवाल, अध्यक्ष रंजना शाक्य महर्जन तथा आमा कमला शाक्य लगायतले पहिचानको लोकार्पण गर्नुभएको हो। 

सम्पादक प्रा.डा. लक्ष्मी बहादुर महर्जनले सोभिनियरको बारेमा चर्चा गर्नु भएको थियो। सोभिनियर पहिचानमा ईनर ह्विलको स्थापना कालदेखि ईनर ह्लिल डिग्निटरिजको आत्मकथा , क्लबका अध्यक्षको आत्मकथा, समाजसेवीको परिचय तथा कीर्तिपुर चोभार मन्जु श्री पार्कको बारेमा लेखिएको छ।