• ५ असोज २०८१, शनिबार

विधेयक संशोधन प्रस्ताव स्वीकृत

blog

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल । फाइल तस्बिर

काठमाडौँ, असार ४ गते । राष्ट्रियसभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकबाट उक्त प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।

त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमा छलफलका लागि कुनै पनि सदस्यले भाग लिन चाहनुभएन । त्यसपछि मन्त्री शर्माले प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने पेस गर्नुभएको थियो । राष्ट्रियसभा अध्यक्ष दाहालले गर्नुभएको प्रस्ताव सहमतिले पास भएको घोषणा गर्नुभयो । रासस