• १२ असार २०८१, बुधबार

माटोका भाँडा बनाउने तालिम सम्पन्न

blog

गुणबहादुर रोका    
सुलीकोट, असार ४ गते ।
 गोरखाको सिरानचोक गाउँपालिका–४ चोरकाटेमा माटोका भाँडा बनाउने तालिम सम्पन्न भएको छ । मौलिक पेसा प्रवर्द्धनका लागि मुख्यमन्त्री नवप्रर्वतन साझेदारी कार्यक्रमअन्तर्गत मौलिक पेसा माटोका भाँडा बनाउने तालिम प्रदान गरिएको सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख २१ गतेबाट सञ्चालन भएको कार्यक्रम सोमबार बेलुका मात्र सम्पन्न भएको हो । तालिममा ४० जनाको सहभागीहरुलाई माटोको गाग्री, फुलको गमला, धुपौरा, खुत्रुके, कमलदानी, पाला, दियो लगायतका १८ प्रकारका माटोका भाँडा बनाउन सिकाइएको हो ।

त्यस वडा न ४ चोरकाटेमा अत्यधिक मात्रामा कुमाल समुदायको बसोबास रहेकाले पहिला माटोका भाँडा बनाएर बिक्री वितरण गरिएता पनि समयानुसार लोप हुँदै गएकाले पनि त्यस ठाउँमा तालिमको आयोजना गरिएको  हो । तालिममा सहभागीहरूले सिकेको सिपलाई भरपुर रूपमा उपयोग गरी माटोका भाँडा तयार भएमा त्यसको बजारीकरणका लागि सबै जिम्मा गाउँपालिकाले लिने गुरुङको भनाइ छ ।

सीप सिकेकाहरूलाई व्यावसायिक बन्न सुझाव दिँदै पछिल्लो समय माटोको भाँडा बजारमा माग बढेकाले यसलाई व्यावसायिकता दिन सके आयआर्जनको मुख्य बाटो बन्ने कार्यक्रमका उपस्थित वक्तहरुले बताएका थिए ।

तालिम समापन कार्यक्रममा सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ उपाध्यक्ष रीता देवकोटा, मुख्य प्रशिक्षक अमर प्रजापतिले धारणा राख्दै माटोका भाँडा बनाउने सिपले स्वरोजगार बन्न पनि सघाउने उहाँहरूको भनाइ छ ।