• १२ असार २०८१, बुधबार

संवैधानिक परिषद्को बैठक बालुवाटारमा

blog

संवैधानिक परिषद्को बैठक । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, असार २ गते। संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवम् संवैधानिक परिषद् अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो। 

संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्ती सम्बन्धमा छलफलका लागि बैठक बसेको हो। 

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल,  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव वैकुण्ठ अर्याल सहभागी हुनुहुन्छ।