• ११ असार २०८१, मङ्गलबार

कल्भर्ट भत्किँदा सडक अवरुद्ध

blog

भत्किएको कल्भर्ट ।

विष्णुप्रसाद पोखरेल

दमक, असार २ गते । शनिबार बेलुकादेखि भएको अविरल वर्षाका कारण कल्भर्ट भत्किएपछि झापाको केचना–चारआली सडक खण्ड अवरुद्ध बनेको छ । भद्रपुर नगरपालिका-१ लाहुरे चौक नजिकै राजपैनी खोलामा लगाइएको ५० मिटर कल्भर्टमा क्षति पुगेपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो ।

उहाँका अनुसार जोखिमलाई ध्यान दिएर कल्भर्ट भएको स्थानमा सवारी सञ्चालनमा रोक लगाइएको हो । वैकल्पिक सडक उपयोग गर्न अनुरोध गरिएको र सोही अनुसारको व्यवस्थापन गरिएको उहाँले जनाकारी दिनुभयो । 

सगरमाथा चोक र सोमबारे चोकबाट पश्चिम तर्फको बाटो प्रयोग गरेर सवारी साधन आवतजावत हुँदै आएको चन्दले बताउनुभएको छ । अविरल वर्षाका कारण झापाका कन्काइ, मावा, रतुवा लगायतका खोलाहरूमा पानीको सतह बढेको छ ।