• १३ साउन २०८१, आइतबार

मुलुकको विकासमा सबै एकजुट हुनुपर्नेमा जोड

blog

नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला । फाइल तस्बिर

जनकपुरधाम, जेठ ३२ गते । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले  मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कायकर्ताका साथै सबै एकजुट भएर अगाडि बढनुपर्ने बताउनुभएको छ । आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले पार्टीबाट रुष्ट भएका, निष्क्रिय नेता ताथ कार्यकतालाई पार्टीमा फर्किन आग्रह गर्नुभयो । “कसैप्रति भेदभाव नराखी मुलुकको आर्थिक, सामाजिक पक्षको विकास गर्दै लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेका हामी सबै यसमा समर्पित हुनुपर्छ”, उहाँले भन्नुभयो । अहिले राजनीतिक अस्थिरताले देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो । रासस