• १२ साउन २०८१, शनिबार

झोलुङ्गे पुल चुँडिँदा १५ खच्चड फसे

blog

अछामको पन्चदेवल विनायक नगरपालिका ९ काे कर्णाली नदीमा झोलुङ्गे पुल चुडिँडा पुलमै फसेको खच्चडहरू । तस्बिर: गोरखापत्र 

रमेशबहादुर रावत

अछाम, जेठ २७ गते । अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुँडिँदा १५ वटा खच्चड फसेका छन् । अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ ।

जीर्ण भएको पुलमा अछामबाट दैलेख आउँदै गरेका खच्चड फसेको स्थानीय भरत साउदले जानकारी दिनुभयो । नजिकै रहेको पक्की पुल निर्माणमा आएका युवाहरूले खच्चड निकाल्ने काम गरिरहेको र थप स्थानीय स्राेत साधनको प्रयोग गरेर खच्चडको उद्धारको काम भइरहेको पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले बताउनुभयो । उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ गएको चलाउनेले जानकारी दिनुभयो ।

२०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो ।