• ७ मंसिर २०८१, शुक्रबार

विवादकै बिच विभागले कालोपत्रे गर्‍यो नयाँ सडकको खाल्डो (फोटो फिचर)

blog

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा भत्काएको सडक कालोपत्रे गर्दै डिभिजन सडक कार्यालय काठमाडौंका कर्मचारी । तस्बिर: केशब गुरुङ

काठमाडौं, जेठ २१ गते। फुटपाथ बढाउनका लागि काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गरेको छ । 

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ मा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशालबजार अगाडिको सडकको कालोपत्रे काटेको थियो ।

भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि विभागले आफैं कालोपत्रे गर्न थालेको हो । सडक विभागले पिच गर्न थालेपछि सोही विषयलाई लिएर सडक विभाग र नगर प्रहरीबिच विवाद भएको छ । 














Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।