• ८ मंसिर २०८१, शनिबार

बुहारीको पीडा ‘बहुरानी’

blog

काठमाडौँ, जेठ २० गते । गीतकार प्रमिला बस्नेतको शब्द तथा शङ्कर थापा ‘स्माइल’ को सङ्गीतमा हिन्दी गीत ‘बहुरानी’  सार्वजनिक भएको छ । एउटा बुहारीको भूमिका परिवारमा धेरै महìवपूर्ण हुँदाहुँदै पनि बुहारीले भोग्नुपर्ने समस्यालाई अलिकति भए पनि मलम लगाउने प्रयास स्वरूप ‘बहुरानी’ निर्माण गरिएको छ ।

अनु चौधरीको आवाज रहेको गीतमा रिमा विश्वकर्मा, एलिसा शर्मा, सृष्टि सुब्बा, सम्राट् अधिकारी, रश्मी श्रेष्ठ, राधिका थापा, प्रतीक्षा लिम्बू, दीपक भुर्तेललगायतको अभिनय रहेको छ । गीतको भिडियोलाई केशव भट्टले निर्देशन गर्नुभएको हो ।