• १२ साउन २०८१, शनिबार

गर्मी बढेपछि डुडुवाका शैक्षिक संस्था बन्द

blog

कमल खत्री

नेपालगन्ज, जेठ १८ गते । अत्यधिक गर्मी बढेपछि बाँकेको डुडुवा गाउँपालिकाले शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्तर्गतका सबै शैक्षिक संस्था बन्द गरेको छ । पछिल्लो समय नेपालगन्जको तापक्रम ४२ डिग्री सेल्सियस भन्दा बढी रहने गरेको छ । जसका कारण दैनिक जनजीवनमा प्रत्यक्ष रूपमा असर गरेको छ । 

विगत केही दिनदेखि बढेको अत्यधिक गर्मी, तातो हावा र ‘लू’का कारण जनजीवन कष्टकर बन्दै गएपछि गाउँपालिकाले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था बन्दको आव्हान गरेको हो । 

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेले एक सूचना जारी गरी विद्यालयको प्रशासनिक कार्य बाहेक पठनपाठन बन्द गरेको जनाउनुभएको छ । उहाँका अनुसार अधिकांश विद्यालय टिनको छाना भएको र गर्मी बढेर बालबालिकाहरूलाई प्रत्यक्ष असर पार्ने भएकाले हाललाई पाँच दिनसम्म पालिका अन्तर्गत रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको हो ।