• ८ मंसिर २०८१, शनिबार

सात करोड ठगी आरोपी पक्राउ

blog

काठमाडौं, वैशाख १२ गते । बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका ३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं शुक्रबार महानगरपालिका १० अनामनगरबाट पक्राउ गरेको सोमबार विज्ञप्तिमार्फत जानकारी गराएको छ । आरोपितले आठ जनालाई प्रलोभनमा पारी सात करोड १३ लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको जनाएको छ ।