• १० पुस २०८१, बुधबार

ठूला दलद्वारा भक्तपुरमा उम्मेदवारको टुङ्गो

blog

भक्तपुर,  वैशाख १२ गते ।  ठूला दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुङ्ग्याएको हो । 

काँग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र  उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी  भक्तपुर नगर प्रमुखमा काँग्रेसका रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) ओमचरण श्रेष्ठ, चाँगुनारायण नगर प्रमुखमा काँग्रेसका निशान ढुङ्गेल, उपप्रमुखमा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगर प्रमुखमा काँग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का विजय श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

एमालेले सूर्यविनायक र मध्यपुरथिमि नगरमा पुरानै नगर प्रमुखलाई दोहो¥याएको छ भने चाँगुनारायणमा पुरानो उपप्रमुखलाई प्रमुखको उम्मेदवार बनाउने  भएको छ । 

एमालेले सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई तथा मध्यपुरथिमि नगर प्रमुखमा मदनसुन्दर श्रेष्ठलाई र उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाउने भएको छ । 

त्यस्तै चाँगुनारायण नगरपालिकामा भने यसअघि उपप्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी बीना बास्तोलालाई प्रमुख र उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।  नेपाल मजदुर किसान पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन भने राप्रपा र राप्रपा नेपालले चारवटै नगरपालिकामा छुट्टाछुट्टै उम्मेदवार खडा गर्ने भएका छन् ।