• १२ साउन २०८१, शनिबार

दिवा खाजाको लागि आठ अर्ब ३९ करोड विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले दिवा खाजाको लागि आठ अर्ब ३९ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । 

सात प्रदेशका कक्षा पाँच सम्मका करिब ३० लाख बालबालिका लाभान्वित हुने दिवा खाजाको लागि सरकारले आठ अर्ब ३९ करोड विनियोजन गरेको उहाँले बताउनुभयो ।