• २ असार २०८१, आइतबार

‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

blog

काठमाडौँ, जेठ १० गते । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार ट्रेलर सार्वजनिक भएको हो । चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ । ट्रेलर सार्वजनिक भएपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता दयाहाङ राईले एउटा विकट गाउँमा राई समुदायको परिवेशभित्रको परिवारको कथालाई चित्रित गरिएको बताउनुभयो । 

उहाँले चलचित्रको कथावस्तुले आफ्नै घरको महसुस गराउने बताउनुभयो । उहाँले आफू ८ कक्षामा अध्ययनरत हुँदा नै चलचित्र बन्ने भनेको सुनेपनि अहिले आफ्नै लागि यतिका समयसम्म नबनेको हो की भन्ने महसुस गराएको बताउनुभयो ।

गाउँ आएको बाटोमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बाले अभिनय रहेको छ । 

महेश राई र निर्देशक नवीन सुब्बाले लेखेको चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङले र हेडी लीले सङ्गीत दिएका छन् । चलचित्र जेठ २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।