• ७ जेठ २०८१, सोमबार

भक्तपुरमा देकोनिभा ईततापाको जग्गा एकीकरण पीडित संघर्ष समितिबाट उम्मेदवार मनोनयन

blog

देकोनिभा ईततापाको जग्गा एकीकरण पीडित संघर्ष समितिले आफ्नो उम्मेदवार मनोनयन दर्ता, तस्विर–कविता थापा

भक्तपुर, वैशाख ११ गते । भक्तपुर नगरपालिकाको नगरप्रमुखको लागि देकोनिभा ईततापाको जग्गा एकीकरण पीडित संघर्ष समितिले आफ्नो उम्मेदवार मनोनयन दर्ता गरेको छ । नगरप्रमुखमा सो समितिको तर्फबाट सत्यराम त्वायनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै सो समितिले भक्तपुर नगरपालिको वडा नम्बर २ मा शन्तज्ञान याकमी र वडा नम्बर ६ मा रामकृष्ण कुम्पाखले वडाध्यक्ष पदको लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।