• ७ जेठ २०८१, सोमबार

रौतहटका चार नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख पदमा उम्मेदवार

blog

रौतहट, वैशाख ११ गते । रौतहटको चन्द्रपुर, वृन्दावन, गुजरा र इशनाथ नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख पदमा टिकट टुङ्ग्याएको छ । 

काँग्रेसले चन्द्रपुर नगरपालिकाको मेयरमा सञ्जयकुमार काफ्लेलाई उम्मेदवारी दिएको छ । उम्मेदवार काफ्ले २०७४ सालको निर्वाचनमा चन्द्रपुर–५ का वडा अध्यक्ष बन्न सफल हुनु भएको थियो ।

यसैगरी, वृन्दावन नगरपालिकाको प्रमुखमा प्रेमशंकर यादव, गुजरामा शेख मोहिबुल हक र इशनाथ नगरपालिकामा अन्जु झाको उम्मेदवारी टुङ्गिएको नेपाली काँग्रेस जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले जानकारी दिनुभयो । 

सभापति यादवका अनुसार १८ वटा पालिका रहेको रौतहटमा बाँकी पालिकाको मेयर टुङ्ग्याउन छलफल भइरहेको छ । आज साँझसम्म प्रमुख र उपप्रमुखमा सबै टुङ्गो लाग्ने छ ।  

लेखक बाट थप