• ७ जेठ २०८१, सोमबार

जनकपुरधाम उपमहानगरपालिकामा मनोनयन दर्ता शुरु

blog


लक्ष्मी चौधरी 

जनकपुरधाम, वैशाख ११ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता शुरु भएको छ ।

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकास्थित निर्वाचन कार्यालयमा आइतबार बिहान करिब ११ बजेदेखि मनोनयन दर्ता प्रक्रिया शुरु भएको हो । 

जनकपुरधाममा उपप्रमुखका लागि उमेश चौधरीले स्वतन्त्रबाट मनोनयन दर्ता गराउनुभएको छ । 

स्थानीय निर्वाचनका लागि अहिलेसम्म स्वतन्त्र उम्मेदवारहरुले मात्र मनोनयन दर्ता गराएका छन् । दर्ता गराउनेमा जनकपुरधाम २३ का निलम्बर झाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ भने वडा न.ं २२ बाट शत्रुधन ठाकुर र वडा ३ बाट दीपेन्द्र साहले दर्ता गराउनु भएको छ । 

यस्तै, वडा नं २४ मा तराई मधेश लोकतान्त्रिक पार्टीबाट भागिरथलाल कर्णले अध्यक्षको लागि दर्ता गराउनु भएको छ । 

यस्तै, वडा नं. २० मा अध्यक्षका लागि हमिद कबारी मनोनयन दर्ता गराउनुभएको छ ।  

जनकपुरधाम उपमहानगरपालिकामा २५ वटा वडा रहेको छ । 

जनकपुरधाम उपमहानगरपालिकामा मनोनयन दर्ता शुरु भएको छ । 

लेखक बाट थप