• १२ साउन २०८१, शनिबार

बस्यौँ अलग्यैँ गीत युट्युब ट्रेन्डिङमा

blog

काठमाडौं, जेठ ५ गते। एक साता अघि सार्वजनिक भएको ‘बस्यौ अलक्कै’ गीत युट्युव ट्रेङिडको पहिलो नम्बरमा परेको छ। 

लोकगायक अर्जुन सापकोटा र शान्ती श्री परियारको स्वर रहेको यो गीत युट्युबमा सबैभन्दा बढी रुचाइएको छ। भिडियोमा युवकको युवतीप्रति एकोहोरो प्रेमकथा देखाउन खोजिएको  छ।

यो गीतलाई छ दिनमा पाँच लाख ७३ हजार बढी पटक हेरिएको छ। अर्जुन सापकोटा र गरिमा शर्माको अभिनय रहेको यो गीतका शब्द सन्तोष सापकोटाले लेख्नुभएको हो।  विशाल घिमिरे भिडिओका निर्देशक हुनुहुन्छ।

गीतमा एचबिएन किस्मतको एरेन्ज छ। भिडियोमा बिराज बास्कोटा, बादल घिमिरे, सुवास खत्री, आकाश नेपाली, शिवु पाण्डे, बाल कलाकार सायम केसी र आरूष केसीको अभिनय छ।