• १२ साउन २०८१, शनिबार

हुलाकी राजमार्गमा बम विष्फोट

blog

विष्फोटबाट हुलाकी राजमार्गमा परेको खाल्डो ।

अविनाश चौधरी

धनगढी, जेठ ३ गते । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्कास्थित हुलाकी राजमार्गमा आज बम विष्फोट भएको छ । विष्फोटबाट राजमार्गमा खाल्डो परेको छ । राजमार्गमा विष्फोट हुँदा धुवाँको मुस्लोसमेत स्थानीयले देखेको बताएका छन् ।

पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया रानाले हुलाकी राजमार्गमा बम विष्फोट भएको बताउनुभयो । “पुरानो बम विष्फोट भएको भन्ने कुरा आएको छ” उहाँले भन्नुभयो, “विस्फोटले कसैलाई चोटपटक लागेको छैन ।”