• ७ जेठ २०८१, सोमबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. तेस्रो लगानी सम्मेलन कहिले सम्पन्न भएको हो ?

विसं २०८१ वैशाख १६–१७, काठमाडौँ

पहिलो : विसं २०७३ फागुन १९–२०

दोस्रो : विसं २०७५ चैत १५–१६

२. नेपालको पहिलो व्यावसायिक फिल्म ‘माइतीघर’ का अभिनेता सिपी (चिदाम्बरम प्रसाद) लोहनीको निधन कहिले भएको हो ?

विसं २०८१ वैशाख १७

३. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाइन्छ ?

मे २ 

सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को नारा : समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार 

साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको छ भने राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । 

डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई आवश्यक परिमार्जन गरेर हरेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको छ । 

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका, २०८० जारी गरिएको छ । 


४. आयुर्वेद कुन वेदको उपवेद हो ?

अथर्ववेद 


५. भी–२० अर्थात् भल्नरेबल–२० भनेको के हो ?

जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको समूहलाई भी–२० भनेर चिनिन्छ । 


६. राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख १८ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को राष्ट्रिय लेखा अनुमान अनुसार मुलुकको अर्थतन्त्रको कुल आकार कति हुने अनुमान छ ?

रु. ५७ खर्ब चार अर्ब 

गत आव २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको थियो ।

सो प्रतिवेदन अनुसार आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान । 

नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ डलर 

पुग्ने अनुमान । 

आर्थिक वृद्धिदर (उपभोक्ता मूल्यमा, प्रतिशत) 

२०७७/७८ : ४.८४

२०७८/७९ : ५.६३

२०७९/८० : १.९५ (संशोधित) 

२०८०/८१ : ३.८७ (अनुमानित) 

सेवा क्षेत्रको वृद्धिदर ४.५० प्रतिशत,

कृषि तथा खानी क्षेत्र समेटिने प्राथमिक क्षेत्रको वृद्धिदर ३.०३ प्रतिशत, 

उत्पादन क्षेत्र समेटिने द्वितीय क्षेत्रको वृद्धिदर 

१.२० प्रतिशत, 

उद्योग क्षेत्रको वृद्धिदर १.६० प्रतिशतले ऋणात्मक हुने, 

त्यस्तै निर्माण क्षेत्र २.०७ प्रतिशतले ऋणात्मक हुने,

आवास तथा भोजन सेवाको २१.८४ प्रतिशत, विद्युत् ग्यासको १७.४४ प्रतिशत, यातायात तथा भण्डारण सेवाको ११.८९ प्रतिशत, वित्तीय तथा बिमासम्बन्धी सेवाको ७.८० र मानव स्वास्थ्य तथा सामाजिक कार्यका व्रिmयाकलापको ५.५२ प्रतिशत वृद्धिदर हुने, 

चालु आवमा नेपालीको वार्षिक औसत आय करिब 

एक लाख ९५ हजार रुपियाँ पुग्ने अनुमान गरिएको छ । 

चालु आवमा यस्तो आय गणना गर्दा एक अमेरिकी डलरको विनिमय दर १३३ रुपियाँ ८२ पैसा 

कायम गरिएको, 

आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादनको २२.९६ प्रतिशत विप्रेषण प्राप्त हुने अनुमान । आव २०७९/८० मा २२.८२ प्रतिशत विप्रेषण प्राप्त भएको संशोधित अनुमान छ । 

आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादनको ७.९४ प्रतिशत निर्यात हुने अनुमान छ । गत आवमा ६.९६ प्रतिशत रहेको संशोधित अनुमान छ । 

कुल गार्हस्थ उत्पादनको ३३.७० प्रतिशत आयात हुने प्रारम्भिक अनुमान रहेको छ । गत आवमा ३४.६८ प्रतिशत रहेको संशोधित अनुमान छ । 

प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय (अमेरिकी डलर) 

२०७६/७७ : ११८०

२०७७/७८ : १२८४

२०७८/७९ : १४१९ 

२०७९/८० : १४०५ 

२०८०/८१ : १४५६


७. सन् २०२४ मा पुरुषतर्फको लौरेस वल्र्ड स्पोर्ट्सम्यान अफ द इयर अवार्ड विजेता खेलाडी को हुन् ?

नोभाक जोकोभिच 

सन् २०२४ को लौरस अवार्ड विजेता

वर्ष पुरुष खेलाडी : नोभाक जोकोभिच (टेनिस)

वर्ष महिला खेलाडी : आइताना बोनमती (फुटबल) 

टिम अफ द इयर : स्पेन महिला फुटबल टोली 

लौरेस वल्र्ड स्पोटर्स ब्रेक थ्रु अफ द इयर अवार्ड : जुड बेलिङघम (फुटबल) 

लौरेस कमब्याक अफ द इयर अवार्ड : सिमोन बाइल्स (जिम्न्यास्टिक) 

पारा वर्ष खेलाडी : डिडे डे ग्रुट (टेनिस) 

एक्सन स्पोर्ट्सपर्सन : अरिसा ट्र (स्केटबोर्डिङ)

स्पोर्ट फर गुड अवार्ड : राफेल नाडाल (टेनिस) 

सन् १९९९ मा स्थापित यो अवार्ड सन् २००० बाट प्रदान गर्न थालिएको । 

यो समग्र खेलकुदका उत्कृष्ट खेलाडीलाई वार्षिक रूपमा प्रदान गरिने अवार्ड हो । 


८. मिस इन्टर–कन्टिनेन्टल नेपाल–२०२४ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?

डा. आयुष्नोभा ढुङ्गाना

ढुङ्गानाले ‘मिस एलिगेन्स’ को उप–उपाधिसहित मिस्टर एन्ड मिस नेसनल नेपाल–२०२४ मा मिस इन्टर कन्टिनेन्टलको उपाधि जित्नुभएको हो । 

प्रतियोगितामा सजिना खनालले मिस सुप्रा नेसनल २०२४ तथा धीरजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनल–२०२४ को उपाधि हात पार्नुभयो । 

मिस ग्लोबल नेपाल–२०२४ को उपाधि मोनिका अधिकारी तथा मिस्टर इन्टरनेसनल नेपाल 

२०२४ को उपाधि क्षितिज श्रेष्ठ क्षेत्रीले जित्नुभएको छ । 


९. मधेश प्रदेशको पहिलो बालमैत्री घोषित नगरपालिका कुन हो ?

कञ्चनरूप नगरपालिका (सप्तरी)


१०. कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको बिमा गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो ?

विसं २०७५ मङ्सिर १


११. तामाङ र नेपाल भाषा बागमती प्रदेशको सरकारी कामकाजी भाषाका रूपमा कहिलेदखि लागु भएको हो ?

विसं २०८१ वैशाख २४

संविधानको धारा ७ को उपधारा (२) मा नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने उल्लेख गरिएको छ ।

योसँगै नेपाली भाषाका अतिरिक्त प्रदेशभित्र बहुसङ्ख्यकले बोलिने दुई वटा भाषालाई कामकाजी भाषा निर्धारण गर्ने संविधानको महत्वपूर्ण प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको छ । 

प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० राजपत्रमा प्रकाशित भएको १८० दिनपश्चात् ऐनका रूपमा लागु गरिएको हो । सो ऐन, २०८० कात्तिक २३ गते प्रमाणीकरण भई सोही दिन राजपत्रमा प्रकाशित गरिएको थियो । 

बागमती प्रदेश सरकारद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० शुभारम्भ भएको 

घोषणा गरियो । 

सो घोषणासँगै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनागरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रञ्जना लिपि) मा लेखिएको राखिने छ । 


१२. कर्णाली प्रदेशकै पहिलो चारतारे होटल कुन हो ?

सिद्धार्थ होटल (वीरेन्द्रनगर, सुर्खेत) 

(पर्यटन विभागले होटललाई चारतारे होटलमा स्तर वर्गीकरण गरेको हो ।)


१३. राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालीको औसत आयु कति रहेको छ ? 

७१.३ वर्ष (पुरुष : ६८.२ वर्ष र महिला : ७३.८ वर्ष)

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकमा सो कुरा 

उल्लेख भएको । 

पुरुषको तुलनामा महिलाको औसत आयु ५.६ वर्ष बढी रहेको । 

२०६८ को राष्ट्रिय जनगणनामा नेपालीको औसत आयु ६६.६ वर्ष थियो । सो जनगणनामा पुरुषको औसत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको ।


पाँच दशकको अन्तरमा नेपालीको प्रजनन दरमा ह्रास आएको । कार्यालयका अनुसार २०७८ मा कुल प्रजनन दर १.९४ रहेको । 

२०६८ मा प्रजनन दर २.५२, २०५८ मा ३.२५, २०४८ मा ५.३९, २०३८ मा ६.२७ र २०२८ मा ६.३ थियो । 

शिशु मृत्युदर चार दशकमा ११७ बाट झरेर १७ कायम भएको छ । यो प्रतिहजार जीवित जन्मेका शिशुमध्ये एक वर्षको उमेर नपुग्दै मृत्यु हुने शिशुको सङ्ख्या हो । 

दुई दशकको अन्तरालमा बाल मृत्युदर २८.६ प्रतिशतबाट ६.१ प्रतिशत पुगेको छ । 



१४. सन् २०२४ अप्रिल–मे महिनामा सम्पन्न स्पेनिस ला लिगाको उपाधि कसले जित्यो ?

रियल मेड्रिड


१५. नेपाली स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले हालसम्म कति पटक रक्तदान गर्नुभएको छ ? 

१७८ पटक (विसं २०८१ वैशाख १९ सम्म)


१६. खाद्य अधिकार अभियन्ताहरूको राष्ट्रिय सम्मेलन हालै कहाँ सम्पन्न भयो ?

नेपालगन्ज, २०८१ वैशाख १४–१५ 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको क्षेत्रमा क्रियाशील खाद्य अधिकार अमियन्ताहरूको सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ । 

फियान नेपाल, राष्ट्रिय खाद्य अधिकार सञ्जाल र याक नेपालको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न 

भएको छ । 


१७. चीनले नेपाली नागरिकलाई कहिलेदेखि भिसा निःशुल्क गरेको छ ?

सन् २०२४ मे १


१८. गौतम बुद्धप्रति समर्पित श्लोक ‘बुद्धम् शरणम् गच्छामी ....’ कति जना कलाकारद्वारा स्वरबद्ध गरिएको छ ? 

१०८ जना (विसं २०८१ वैशाख)

प्रस्तुतकर्ता : टङ्क केसी