• ५ जेठ २०८१, शनिबार

एकैसाथ ३९ वटा स्वास्थ्यचौकी भवन निर्माण

blog

इन्द्रावती गाउँपालिका–२ स्थित स्वास्थ्यचौकी भवनको शिलान्यास गर्दे पूर्व स्वास्थ्यमन्त्री मोहबहादुर बस्नेत । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, वैशाख १८ गते ।
सिन्धुपाल्चोकमा एकै पटक ३९ वटा स्वास्थ्यचौकी भवन निर्माण सुरु भएको छ । स्वास्थ्य सेवा पाउनबाट बञ्चित ग्रामीण भेगका जनतालाई लक्षित गरी स्वास्थ्यचौकी भवन निर्माण सुरु भएको छ ।

पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत तत्कालीन स्वास्थ्यमन्त्री हुदाँ बिनियोजन भएको बजेटमा सिन्धुपाल्चोकमा एकै वर्षमा उक्त सङ्ख्याको स्वास्थ्यचौकीहरु निर्माण सुरु भएको हो । पूर्वमन्त्री बस्नेतले इन्द्रावती गाउँपालिका–२ स्थित स्वास्थ्यचौकी भवनको शिलान्यास गरी स्वास्थ्यचौकी निर्माण सुरु गरिएको छ ।

इन्द्रावती गापा–२, सुनकोशी गापा–४ देखि प्रतिनिधि सभा १ र २ को गरी ३९ वटा स्वास्थ्यचौकी भवन निर्माण सुरु भएसगै गाउँ–गाउँका जनताहरु स्वास्थ्य सेवा पाउने भएपछि हर्षित भएका छन् । सामान्य उपचार र परीक्षणका लागि राजधानी र धुलिखेल अस्पताल धाउनु पर्ने समस्या टर्ने भएको ग्रामीण भेगका नागरिकले जनाएका छन् । गाउँ–गाउँमा स्वास्थ्यचौकी भवन बन्न थालेपछि जनताले बिकासको महसुश गर्न थालेको इन्द्रावती गापा–२ का वडा अध्यक्ष श्यामबहादुर गिरीले हर्ष व्यक्त गर्नुभयो ।

३९ वटै स्वास्थ्यचौकी भवन निर्माणका लागि प्रत्येक भवनमा ३८ लाख ८६ हजार बजेट प्राप्त भएको छ । उक्त भवन तीन वटा कक्षका साथै एक हलसहित पार्किङ स्थल बन्न लागेको छ । सबै स्वास्थ्यचौकी भवन असार महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । त्यसकारण तीव्र गतिमा निर्माण गरिने भएको छ ।

सबै स्वास्थ्यचौकी भवन निर्माण उपभोक्ता समितिमार्फत भइरहेको छ । वडाबासीलाई उपयुक्त र पाएक पर्ने स्थानमा स्वास्थ्यचौकी भवन बन्न थालेको छ । उक्त स्वास्थ्यचौकी भवनलाई २४ घण्टा नै सञ्चालन गरिने कार्यमा पनि आफू जुटेको पूर्वमन्त्री बस्नेतले बताउनु हुन्छ । गाउँघरका कुनै पनि नागरिकले स्वास्थ्य सेवा पाउनबाट बञ्चित नपरोस् भन्ने उद्देश्यले आफूले ३९ वटै स्वास्थ्यचौकी भवनमा एकैपटक बजेट उपलब्ध गराएको जानकारी दिनुभयो ।

भवन निर्माण पूरा हुन साथ सबै स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्यकर्मी, उपकरण, औषधी प्रबन्धका लागि आफू लागिरहेको उहाँको भनाइ छ । मोटरेबल पुल, सडक, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ लगायतका बिकासे काममा आफू लागिरहेको बस्नेतले बताउनु भएको छ ।