• ३१ वैशाख २०८१, सोमबार

मधेश र गण्डकीका पर्यटन व्यवसायीबिच सहकार्यको सहमति

blog

होटल पर्यटन व्यवसायी संघ महोत्तरी र पर्यटन व्यवसायी महिला संघ (टेबान) ले बर्दीबासमा आयोजना गरेको अन्तरक्रियाका सहभागी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, वैशाख १६ गते । मुलुकको पर्यटन प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको गण्डकी प्रदेश र पर्यटनको क्षेत्रमा वामे सर्न लागेको मधेश प्रदेशबिच व्यवसायी सहकार्यको सहमति भएको छ । छुट्टाछुट्टै सांस्कृतिक विशिष्टता बोकेको मधेश र गण्डकी प्रदेशबिचको सहयोग र सहकार्यले मुलुकको पर्यटन क्षेत्रलाई नयाँ गति नयाँ गन्तव्य, नयाँ उचाई र नयाँ पहिचान दिन सकिने दुवै पक्षले प्रतिवद्धता जाहेर गरेका छन् । 

‘दीगो पर्यटनका लागि समान सहभागिता’ को मूल नारासहित होटल पर्यटन व्यवसायी संघ महोत्तरी र पर्यटन व्यवसायी महिला संघ (टेबान) ले बर्दीबासमा आयोजना गरेको ‘अन्तर प्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रममा यस्तो सहमति भएको हो । 

होटल तथा पर्यटन व्यवसायी लगायत मधेश प्रदेशका तीन जना मन्त्रीहरुको सहभागीता रहेको अन्तरक्रियामा पर्यटन प्रवर्द्धनको आवश्यकता, समस्या, सम्भावना, सहयोग र सहकार्यका विविध पक्षमा सघन क्षलफल भएको थियो । होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले पर्यटन प्रवर्द्धनका विविध पक्षेबारे आफ्नो धारणा राखेपछि विषयले प्रवेश पाएको थियो । यस क्रममा उहाँले दक्षिणी सीमामा श्रृजित अनेकन अवरोधले भारतीय पर्यटकको संख्यामा कमी आएको हुँदा छोटी नाकाहरु सुचारु गराउन प्रदेश मन्त्रीहरुको ध्यानाकर्षण गराउनुभयो । 

यसका साथै विकाश र सहयोगको नाममा बजेटको कनिका क्षर्ने प्रवृति अन्त्य गरि पर्यटनका लागि विनियोजन गरिएका बजेट पर्यटनको विकासमै खर्च गर्न प्रदेश मन्त्रीहरुलाई आग्रह गर्नुभयो । ‘पर्यटनको क्षेत्रमा सरकारलाई आवश्यक सहयोग गर्न यहाँका होटल व्यवसायी तयार छन् । सरकारले पनि अभिभावकीय भूमिका निर्वाह गर्दै पर्यटन क्षेत्रका समस्या र आवश्यकतालाई सम्वोधन गरि दिनुपर्छ,’ गौतमको आग्रह थियो । 

मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समिर) ले गौतमका भनाइप्रति सहमति जनाउँदै बजेटको कनिका छर्ने काम वन्द गरि प्रदेशका ८ वटै जिल्लामा एक एक वटा पर्यटकीय गन्तव्य बनाउन एक मुष्ठ बजेट विनियोजन गरिने प्रतिवद्धता प्रकट गर्नुभयो । उहाँले पर्यटन प्रवद्र्धन गर्न र अन्तर प्रदेश व्यापार व्यवसाय चलायमान बनाउन नीतिगत निर्णय भई विधेयकको मस्यौदा पनि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । जनकपुर र पोखराबिच अवरुद्ध हवाई सेवा सुचारु गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । उहाँले भन्नुभयो, "यो विधेयक दर्ता लगत्तै पर्यटन बोर्ड गठन भएपछि संस्थागत रुपले पर्यटन प्रवद्र्धनको ढोका खुल्ने छ । यसले पोखरा पुगेका पर्यटकलाई मधेशको फाँट हेर्ने र मधेश आएका पाहुनालाई पोखराका दृश्यावलोकन गर्ने प्याकेजमै व्यवस्था गर्न आवश्यक छ ।"

श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले पर्यटन र विकाशवीच अन्यौन्याश्रीत सम्वन्ध रहेको धारणा राख्नु भयो भने गृह, संचार तथा कानून राज्य मन्त्री शारदादेवी थापाले प्राकृतिक तथा धार्मिक सम्पदाको धनी मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उदाहरण प्रस्तुत गर्नुभयो । पर्यटन व्यवसायी महिला संघ (टेबान) की अध्यक्ष कमला गिरीले पनि पोखारादेखि मधेश प्रदेशका जनकपुर र सिमरासम्म नियमित हवाई सेवाको आवश्यकता औंल्याउनुभयो । उहाँले पर्यटन मैत्री नीति नियमको खाचों रहेको बताउँदै गण्डकी र मधेश प्रदेशबिचको सहकार्यले पर्यटन विकाशमा अपेक्षित योगदान पुग्ने धारणा राख्नुभयो । 

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की (गोपाल) को अध्यक्षतामा आयोजित अन्तरक्रियामा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका संरक्षक विजय झुनझुनवालले मधेशमा पर्यटन बोर्ड स्थापनाको माग उठाउनु भएको थियो । अन्तर प्रदेश पर्यटन प्रवद्र्धनको उद्देश्यसहित टेवानले विहिवार (१३ गते ) पोखराबाट सुरु गरेको व्यवसायीक यात्रा बीरगंज हुदै बर्दीबासमा अन्र्तक्रियापछि आइतवार पुन. पोखरा फर्केको थियो ।