• १३ साउन २०८१, आइतबार

गठबन्धन टुटाउने षड्यन्त्र भयो : प्रधानमन्त्री देउवा

blog

तस्बिर : मनोजरत्न शाही

काठमाडौं, वैशाख ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । ओलीलाई हटाउनुपर्यो भनेको हो ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘यो संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ । गठबन्धन भन्दाखेरि ‘गिभ एण्ड टेक’ त हुन्छ ।’’

यसैगरी, उहाँले नेविसङ्घलाई सबै ठाउँमा बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

यसैगरी, नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङज्युले नेविसंघ स्थापना दिवसको अवसरमा शुभकामना दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरुङले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नेपाली काङ्ग्रेसको मेरुदण्ड भएको र आउने तिनै तहको निर्वाचनमा विद्यार्थी र तरुण हरु हातेमालो गर्दै नेपाली काङ्ग्रेसको उम्मेदवारलाई बहुमतले जिताउँदै देशको पहिलो पार्टि बनाउन मुख्य भुमिका खेल्ने बताउनुभयो ।

अहिलेको हाम्रो लडाइ लोकतन्त्र र ओलितन्त्रको बीचमा रहेको बताउनुहुँदै अध्यक्ष गुरुङले गठबन्धन भत्काएर देशलाई अनिर्णयको बन्दी बनाउदै व्यवस्थानै खतरामा पार्ने षड्यन्त्र भइरहेको हुँदा सम्पूर्ण विद्यार्थी र तरुणहरु सजग रहन आग्रह गर्नुभयो ।