• २१ वैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रले सुदृढीकरण अभियान चलाउने

blog

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ११ गते ।
 नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादीले दुई महिने पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको हो ।

यही वैशाख १५ देखि असार १५ गतेसम्म पूर्वेली पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुडाक्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा कार्यकर्ता भेटघाट, बैठक, सङ्गठन निर्माण लगायतका क्रियाकलाप हुने छ ।

माओवादी केन्द्र जिल्ला समितिले पत्रकार सम्मेलन गरी दुई महिने अभियान सञ्चालन गर्नेबारे जानकारी गराएको हो । केन्द्रीय तथा प्रदेश समितिका सदस्यहरूको नेतृत्वमा प्रत्येक स्थानीय तह र वडा वडामा पुगेर अभियान सञ्चालन गरिने जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङले जानकारी दिनुभयो ।