• २१ वैशाख २०८१, शुक्रबार

एमाले पर्वत अध्यक्षमा पहाडी

blog

पर्वत, वैशाख १ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित हुनुभएको छ । पहाडीले निकटतम प्रतिद्वन्द्वी पदमपाणि शर्मा भन्दा एक सय २१ मत बढी प्राप्त गर्नुभएको हो । पहाडीले दुई सय ४८ मत प्राप्त गर्नुभयो भने शर्माले एक सय २७ मत मात्र प्राप्त गर्नुभएको छ । 

त्यसैगरी, उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवाचन्द्र पौडेल, उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिला उपसचिवमा विन्दु अधिकारी निर्वाचित हुनुभएको छ । सदस्यहरूमा अधिकांश पहाडी समूहका उम्मेदवार विजयी भएका छन् । पहाडीलाई कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री पदम गिरीको समर्थन थियो । अन्य पदमा सर्वसम्मत भए पनि २७ पदमा निर्वाचन भएको थियो । सहमतिको प्रयास असफल भएपछि अन्ततः मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो । रासस