• २३ वैशाख २०८१, आइतबार

मङ्गोलियाको जिडिपी सन् २०२४ मा ४.१ प्रतिशत बढ्ने अनुमान

blog

उलानबटोर, चैत २९ गते । मङ्गोलियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२४ मा ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । एसियाली विकास बैङ्क (एडिबी)का अनुसार मङ्गोलियाको जिडिपी यो सन् २०२३ मा सात प्रतिशतले वृद्धि भएको थियो ।

सन् २०२४ मा खानी र उच्च सरकारी लगानीका कारण आर्थिक वृद्धिमा केही टेवा पुग्नेछ । तर मङ्गोलियामा यस वर्ष चिसोका कारण कृषि क्षेत्रमा सङ्कुचन आउने अनुमान एडिबीले गरेको छ ।  

प्रतिवेदनमा, बैङ्कले सन् २०२५ मा मङ्गोलियाको जिडिपी वृद्धि छ प्रतिशतमा पुग्ने अनुमान गरेको छ । जुन कृषि क्षेत्रको सुधार, खानी विस्तार र सेवाहरूको वृद्धिबाट सम्भव हुनेछ ।

सन् २०२३  मा मङ्गोलियाली अर्थतन्त्र बलियो देखिएको बताउँदै यही प्रवृत्ति जारी रहने मङ्गोलियाका लागि एडिबीका निर्देशक श्यानन काउलिनले बताउनुभयो ।

“यस वर्ष, मौसम–सृजित प्रकोपबाट आर्थिक वृद्धि प्रभावित भई कृषि क्षेत्रमा उल्लेखनीय असर पारेको छ । अप्रिलको सुरुसम्ममा ६० लाखभन्दा बढी गाईबस्तु मरेका छन् भने यो सङ्ख्या बढ्ने क्रममा रहेको छ,” उहाँले उल्लेख गर्नुभएको छ । रासस /सिन्ह्वा