• २० वैशाख २०८१, बिहिबार

जाजरकोटका विद्यालय पुनः निर्माण गर्न बेल्जियममा कार्यक्रम

blog

बेल्जियम, चैत २९ गते । गैर आवासीय नेपाली सङ्घ बेल्जियमले जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त भएको विद्यालयको निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गरेको छ । 

गत सोमबार लुभेन स्थित डोनबोस्को हल क्यासेल्लोमा आयोजित साङ्गीतिक कार्यक्रमबाट प्राप्त आम्दानी विद्यालय पुनर्निर्माण गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले जानकारी दिनुभयो । 

च्यारिटी साङ्गीतिक कार्यक्रममा भ्वाईस अफ नेपालका विजेता किरण गजमेर र लाहुरे कान्छा लगायतका स्थानीय कलाकारहरूले मनोरञ्जन दिएका थिए । बेल्जियमसँग जोडिएका देशहरू नेदरल्यान्ड, जर्मनी, लग्जेम्बर्ग र फ्रान्सका एनआरएनएका अध्यक्षहरू पनि कार्यक्रममा उपस्थित हुनुभएको थियो । 

कार्यक्रमबाट सङ्कलित करिब ३० लाख रुपियाँ विद्यालय निर्माण गर्न सहयोग गर्ने अध्यक्ष सापकोटाले बताउनुभयो ।