• २१ वैशाख २०८१, शुक्रबार

६० केजी कुखुराको मासु नष्ट

blog

बरामद गरिएको मासु । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत २७ गते ।
पैदल मार्गबाट खच्चडमा ढुवानी गरेर ल्याएको कुखुराको मासु नष्ट गरिएको छ । तीन दिन लगाएर सदरमुकाम सिमकोट ल्याएको वासी मासु बिक्री गर्न खोजेपछि सिमकोट गाउँपालिका पशु विकास शाखाले व्यापारीबाट बरामद गर्दै नष्ट गरेको हो ।

शाखाका पशु प्राविधिक विष्णु बुमीले २४ गते सुर्खेतबाट सर्केगार्ड गाउँपालिका– ६ को गीउसीसम्म गाडीमा र त्यस यता प्लास्टिकमा पोका पारेर खच्चडमा ढुवानी गरी ल्याएको ६० केजी मासु सदरमुकाम सिमकोटमा बरामद गरी नष्ट गरिएको बताउनुभयो ।

मासु सिमकोटस्थित छातिकोट फ्रेश हाउसको थियो । तीन दिन बासी भएको मासु बिक्रीका लागि ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीको समन्वयमा शाखाले बरामद गरेको हो ।

कुखुराको मासुलाई प्लाष्टिकमा प्याक गरेर बोरामा राखिएको थियो । पहिलो पटकका लागि फ्रेश हाउसलाई चेतावनी दिइएको र यसपछि पनि यस्तो कार्य गरेमा कानुनी कारवाही गरिने कागज गरिएको छ ।