• २१ वैशाख २०८१, शुक्रबार

इस्टविक नेपालको बलिङ सल्लाहकार प्रशिक्षक

blog

रोड्रिक ओ’ इस्टविक ।

काठमाडौँ, चैत २५ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा वेस्ट इन्डिजका रोड्रिक ओ’ इस्टविक नियुक्त हुनुभएको छ ।

टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीको प्रशिक्षणलाई ध्यानमा राखी नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार इस्टविकलाई बलिङ सल्लाहकार प्रशिक्षक नियुक्त गरेको हो । इस्टविकले लामो समय वेस्ट इन्डिजको सियिनर टोलीमा रहेर काम गर्नुभएको छ ।

‘‘नेपालको राष्ट्रिय टोलीसँग काम गर्न पाउनु मेरा लागि खुसीको कुरा हो । म आफ्नो ज्ञान नेपाली खेलाडीसँग बाँड्न आतुर छु । पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ । नेपाली क्रिकेटलाई अझैमाथि लैजान म सक्दो प्रयास गर्नेछु,’’ ६२ वर्षीय इस्टविकले भन्नुभएको छ । उहाँले ३७ वटा शीर्ष श्रेणी र लिस्ट ‘ए’ मा ४२ खेल खेल्नुभएको छ ।