• २२ वैशाख २०८१, शनिबार

सर्लाहीको जिरायतमा वृद्धाको हत्या

blog

जनार्जन खत्री
सर्लाही, चैत २१ गते ।
सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा एक वृद्धाको हत्या भएको छ । स्थानीय वैजु महतोकी ७० वर्षीया श्रीमती पार्वतीदेवी महतोको हत्या भएको हो । मङ्गलबार साँझ करिब ६ बजे आफ्नै घरमा हत्या भएको अवस्थामा पार्वतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आरोपमा बुधबार बिहान स्थानीय एक युवकलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिनुभयो । नजिकै रहेको ‘सीसीटीभी फूटेज’ को अनुसन्धानबाट घटनामा संलग्न भएको आशङ्कामा २८ वर्षीय ती युवकलाई पक्राउ गरी आवश्यक सोधपुछ एवम् थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

मृतकको अनुहारमा चोट देखिएको छ । शव नजिकै रगत लागेको काठको टुक्रा समेत प्रहरीले बरामद गरेको छ ।

मृतक पार्वतीको शव पोष्टमार्टमका लागि मङ्गलबार राति नै सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल पठाइएको छ । वृद्धाको हत्या हुनुको कारण खुल्न बाँकी छ । यसबारे पत्रकार सम्मेलन नै गरेर सावजनिक गर्ने तयारी रहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो ।