• २३ वैशाख २०८१, आइतबार

साढे नौ लाख भारतीय रुपियाँ बरामद

blog

काठमाडौं, चैत २० गते । प्रहरीले साढे नौ लाख भारतीय रुपियाँ बरामद गरेको छ। सशस्त्र प्रहरीले बाराको पचरौता नगरपालिकाबाट साढे नौ लाख भारतीय रुपियाँसहित श्यामबाबु सहनी र भुलन पटेललाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुको साथबाट ०३–०२५ प ३९३६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । डिएसपी शैलेन्द्र थापाका अनुसार मोटरसाइकलमा नेपालबाट भारततर्फ जान लागेका उनीहरुलाई चेकजाँच गर्दा उक्त रकम बरामद भएको हो । 

प्रहरीले पाँच सय दरका एक हजार ९ सय थान भारतीय रुपियाँसहित नियन्त्रणमा लिएको हो । हुन्डीको रकम भएको आशंकामा थप अनुसन्धान भइरहेको थापाको भनाइ छ ।