• ७ मंसिर २०८१, शुक्रबार

मुकाम (कविता )

blog

 खोयाको घर जस्तै 

मान्छेको सपना क्रमशः चुलिन्छ

मक्ख पर्छ पूरा भएपछि रहरको दस्तावेज 

फेरि पलाउँछ दूबो झैं अर्को सपना

सडकमा टायर घोटिए जसरी 

जीवनभर दौडिन्छ आकांक्षाको ताँती 

भरिदैन लोभको घैटो

लालचको ऐजेरूले क्रमशः सुक्दै जान्छ शरीरको इन्द्रीय 

पौडेर तर्न नपाउँदै वैभवको समुन्द्र 

अस्ताउँछ जीवनको उज्यालो घाम 

सुख खोजेर 

चढिरहेको दुःखको पहाडमा 

बनेको छ सपनाको समाधी 

र खोजी रहेछन मान्छेहरू 

समृद्धिको अर्काे मुकाम  ।