• १५ वैशाख २०८१, शनिबार

राजनीतिमा निष्ठा, सिद्धान्त र आदर्श गुम्यो : डा. कोइरला

blog

काठमाडौं, चैत १६ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको राजनीतिमा निष्ठा, सिद्धान्त र आदर्श गुमेको बताउनुभएको छ । 

काठमाडौंबाट प्रकाशित हुने प्रमुख साप्ताहिक पत्रिकाका सम्पादकसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।  सिङ्गो पार्टीमा अनुशासन कायम गर्नुपर्यो भन्दै उहाँले भन्नुभयो, ‘राजनीतिमा निष्ठा, सिद्धान्त र आदर्श गुम्यो, सत्ता प्राप्त हुन्छ भन्दैमा जोसँग पनि गठबन्धन गर्ने परिपाटी कांग्रेसले अन्त गर्नुपर्छ ।’ 

नेता कोइरालाले संविधान संशोधन नगरी मुलुकले निकाश नपाउँने भएकाले संविधान संशोधन गरेर अगाडि जानुपर्ने बताउँनुभयो। 

अहिले देश र कांग्रेस पार्टीको अवस्था दुवै असाध्यै खराब रहेको र पार्टीभित्र आफ्नो समूह थोरै भएकाले पार्टी सुधारका जति कुरा गरे पनि त्यसको सुनुवाइ नभएको बताउनुभयो। 

एकदिन कांग्रेस पार्टीलाई पुरानो अवस्थामा ल्याएर एक्लै बहुमत ल्याउन सक्ने बनाउने विश्वास रहेको उहाँको भनाइ छ । नेता कोइरालाले नेपालको विभिन्न प्रजातान्त्रिक आन्दोलनमा साप्ताहिक पत्रिकाले पुर्याएको योगदानको प्रशंसासमेत गर्नुभएको छ । 

अन्तरक्रियामा कबिर राणा, शम्भु श्रेष्ठ, गोपाल बुढाथोकी, निरोधराज पाण्डे, दामोदर दवाडी, ईश्वरी वाग्ले, राजेन्द्र उपचारक र विश्वमणी सुवेदी सहभागी हुनुहुन्थ्यो।