• ८ मंसिर २०८१, शनिबार

वित्तीय साक्षरताबाट पाँच हजार पाँच सय लाभान्वित

blog

काठमाडौं, चैत १४ गते। राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशव्यापी रूपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट पाँच हजार पाँच सय ९० जना लाभान्वित भएका छन्। 

ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैङ्कले देशभरिका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो।  

नेपाल राष्ट्र बैङ्कले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैङ्कले देशभरिका शाखा कार्यालयले विद्यार्थी, युवा, प्रहरी, कर्मचारी, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउने उद्देश्यले  वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेका हो। 

बैङ्कको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग, ७१ वटा एक्सटेन्सन काउण्टर छन्।