साहुजीको उमेर [प्रेम कथा]

वसन्तपुरमा मामाको चियापसल असाध्यै प्रसिद्ध रहेछ । तर मलाई भने थाहै थिएन । हुन त सबै प्रसिद्ध कुराका बारेमा जानकारी राख्नु पर्छ भन्ने कहाँ छ र ! यस मामिलामा म अलिक कमजोर पनि छु । सहरमा कतिपय कुरा छ्यापछ्याप्ती भइसकेको हुन्छ । तर मलाई भने ढिलो थाहा हुन्छ । ऊ नयाँ गायक । तर नयाँभन्दा पनि उसलाई सम्भावना भएको गायक मान्न सकिन्छ । उसको नाम अविनाश प्रजापति । एक दिन हामीबिच त्यही प्रसिद्ध चियापसलमा भेट्ने सल्लाह भयो । म