स्पेनलाई टाइब्रेकरमा हराउँदै मोरोक्को क्वार्टरफाइनलमा
स्पेनलाई टाइब्रेकरमा स्तब्ध बनाउँदै मोरोक्को कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
जर्मनीका फुटबल निर्देशकको राजीनामा
चार पटकको विश्वकप च्याम्पियन जर्मनीका लागि कतारमा जारी विश्वकप फुटबल विर्सनलायक बन्यो । उपाधि चुम्ने लक्ष्यका साथ कतार पुगेको जर्मनी समूह चरणबाटै घर फर्कन बाध्य भएपछि टोलीका निर्देशक ओलिभर बियरहोफले पदबाट राजीनामा दिनुभएको छ ।
एमबापे, मेसीसरह रोनाल्डो चम्किने अपेक्षा
कतार विश्वकपमा किलियन एमबापे तीन खेलमा पाँच गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ। लियोनेल मेसीले पनि आफ्ना गोल र ड्रिब्लिङले समर्थकलाई मन्त्रमुग्ध पारिरहनुभएको छ। अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोले भने आफ्नो छविअनुसार प्रदर्शन गर्न सक्नुभएको छैन। हुन त रोनाल्डो पहिलो खेलमा घानाविरुद्ध गोल गरेर पाँच विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने विश्वका पहिलो पुरुष खेलाडी बन्नुभएको थियो। रोनाल्डोले पाँच विश्वकपमा कुल आठ गोल गर्नुभएको छ। उहाँको अन्तर्राष्ट्रिय गोलसङ्ख्या ११८ गोल पुगेको छ। रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुनुहुन्छ तर रोनाल्डो त्यसपछि दुई खेलमा शान्त नै देखिनुभयो। रोनाल्डोका समर्थकहरू उहाँले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन नकआउट चरणका लागि बचाएर राख्नुभएको विश्वास गर्छन्। पोर्चुगलले मङ्गलबार अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध खेल्दा रोनाल्डोसमक्ष समर्थकको अपेक्षामा खरो उत्रने चुनौती तथा अवसर हुनेछ। यद्यपि
दक्षिण कोरियामाथि सनसनीपूर्ण जित निकाल्दै ब्राजिल क्वार्टरफाइनलमा
स्टेडियम ९७४ मा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा ब्राजिलले एसियाली टोली दक्षिण कोरियामाथि ४-१ गोलको सानदार जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो ।
जापानलाई टाइब्रेकरमा हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा
साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अल जानोब स्टेडियममा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३-१ गोलले हरायो ।
गोल्डेन बुट होइन उपाधिमा चासो : एमबाप्पे
फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेले कतारमा जारी फिफा विश्वकप फुटबलमा आफ्नो ध्यान व्यक्तिगत पुरस्कारमा भन्दा विश्वकप उपाधिमा केन्द्रित भएको बताउनुभएको छ ।
ब्राजिलविरुद्ध दक्षिण कोरियाको अग्निपरीक्षा
विश्वकप फुटबल प्रतियोगितामा दक्षिण कोरियाविरुद्ध सोमबार प्रिक्वाटरफाइनल खेल्दा ब्राजिल र यो टिमसँग सम्बन्धित सबैका लागि भावनात्मक खेल हुनेछ। क्यान्सरको उपचारार्थ अस्पतालमा रहनुभएका ब्राजिलियाली महान फुटबलर पेलेको शरीरले प्रतिक्रिया दिन छोडेको रिपोर्ट आएपछि ब्राजिलका लागि सो खेल भावनात्मक बन्ने भएको हो। विश्वकपबाट नै उदाएका पेलेले ब्राजिललाई तीन पटक विश्व च्याम्पियन बनाउनुभएको छ। पेलेलाई विश्वकै सर्वकालीन महान् फुटबलर पनि मानिएको छ। ८२ वर्षीय पेलेलाई अहिले पनि विश्व फुटबलकै एक आदर्श व्यक्तित्वका रूपमा लिइन्छ। त्यसैले स्टेडियम ९७४ मा दक्षिण कोरियाविरुद्ध खेल्दा ब्राजिलका खेलाडीको मनमस्तिष्कमा पक्कै पनि पेले हुनुहुनेछ।
विश्वकप जित्ने मेसीको सपना कायम
लियोनेल मेसीले आफ्नो १०००औँ खेलमा गोल गरेर अर्जेन्टिनालाई विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पु¥याउनुभएको छ। सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दै गरेका मेसीलाई विश्वको सबभन्दा ठूलो प्रतियोगिताले अहिलेसम्म लोभ्याइरहेको छ। विश्वकपको उपाधि खडेरीलाई तोड्न मेसी तयार देखिनुहुन्छ। विश्वकपको नकआउटमा पहिलो गोल गरेर मेसीले आइतबार बिहान अर्जेन्टिनालाई अस्ट्रेलियाविरुद्ध २–१ को जित दिलाउन सहयोग गर्नुभयो। खेलको ३५औँ मिनेटमा बायाँ खुट्टाको प्रहारद्वारा मेसीले बल गोलपोस्टमा छिराउनुभएको छ। अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्ड पनि विपक्षी कप्तान मेसीको प्रशंसा नगरिरहन सक्नुभएन। मेसी विशेष छन्, उहाँले भन्नुभयो।
इङ्ग्ल्यान्डको सानदार जित
अफ्रिकी टोली सेनेगलमाथि सानदार जित निकाल्दै इङ्ग्ल्यान्ड कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।