नजिकका साथी एमबापे र हकिमी अब प्रतिद्वन्द्वी
किलियन एमबापेको आफ्ना नजिकका मित्र असरफ हकिमीसँग पुनः विश्वकपमा भेट हुनेभएको छ। यद्यपि यो भेट गत हप्ता भेटेको जस्तो सौहार्दपूर्ण हुने छैन। गत हप्ता एमबापे आफ्ना साथी हकिमीलाई भेट्न मोरक्को टिम रहेको होटलमा पुग्नुभएको थियो। एमबापेको पुनः बुधबार हकिमीसँग भेट हुनेछ तर यस पटकको भेटमा दुवैको भावना फरक हुनेछ। विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न यी दुई साथी मैदानमा एकअर्काविरुद्ध भिड्दा प्रतिस्पर्धीका रूपमा प्रस्तुत हुनेछन्।
रोनाल्डोका लागि बिर्सनलायक विश्वकप
पोर्चुगलका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सोमबार आफ्नो विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्ने सपना समाप्त भएको बताउनुभएको छ। ३७ वर्षीय रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासबारे भने बोल्नुभएन। विश्वकपको क्वाटरफाइनलमा शनिबार पोर्चुगल अफ्रिकी टिम मोरक्कोसँग १–० ले पराजित भएपछि रोनाल्डोले आँसु झार्दै मैदान छोड्नुभएको थियो। त्यसपछि रोनाल्डोको फुटबल जीवन सकिएको हो ? भन्ने बहस चलिरहेको छ।
कार्डको वर्षा गर्ने रेफ्रीलाई फिफाले घर फर्कायो
विश्वकपमै सर्वाधिक १८ पहेँलो कार्ड देखाएर कार्डको कीर्तिमान बनाउनुभएका स्पेनिस रेफ्री एन्टोनियो माटियु लाहोजलाई विश्व फुटबल महासङ्घ (फिफा) ले बाँकी खेलमा जिम्मेवारी नदिने भएको छ ।
विश्वकपको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाइने
विश्व फुटबल महासङ्घ (फिफ) ले कतारमा जारी २२औँ फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाउने भएको छ ।
फिफाको अनुशासनसम्बन्धी कारबाही
अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वाटरफाइनलमा दुवै टिमले विपक्षीमाथि गरेको खराब व्यवहारका कारण फिफाले अनुशासनसम्बन्धी कारबाही गर्ने भएको छ।
रोनाल्डो र मेसीका उत्तराधिकारीको खोजी
क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी विश्वप फुटबलमा यस पुस्ताका दुई सर्वश्रेष्ठ फुटबलर हुनुहुन्छ । मेसी ३५ वर्ष पुगिसक्नुभयो । रोनाल्डो अझ मेसीभन्दा दुई वर्ष जेठा हुनुहुन्छ । चार वर्षपछि मेसी ३९ र रोनाल्डो ४१ वर्ष पुग्नुहुनेछ । यी दुई स्ट्राइकले अर्को विश्वकप खेले भने त्यो चमत्कार नै हुनेछ । यी दुवैले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने विश्वकपमा खेल्ने सम्भावना क्षीण छ ।
एउटै गोल नखाई सेमिफाइनलमा मोरोक्को
कतारमा जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलदेखि चार पटकको च्याम्पियन जर्मनी इङ्गल्यान्ड र स्पेनको विश्वकप यात्रा बीचैमा सकिएको छ ।
हारमा सबैभन्दा दुःखी रोनाल्डो र म : प्रशिक्षक सान्तोस
कतारमा जारी विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोस चर्चामा रहनुभयो । उपाधि दाबेदार टोली पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिएपछि रोनाल्डो र सान्तोसको चर्चा झनै चुलिएको छ ।
नेमारलाई पेलेको सन्देश
ब्राजिलका महान् फुटबल खेलाडी पेलेले नेमारलाई आफ्नो सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेकोमा बधाई दिँदै ब्राजिल विश्वकपबाट बिदा भएकोमा दुःख पनि व्यक्त गर्नुभयो। अहिले अस्वस्थताका कारण अस्पतालमा रहनुभएका पेलेले इन्स्ट्राग्रामबाट विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग ब्राजिल पराजित भएपछि नेमारलाई सन्देश दिनुभएको हो।