फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपाली नागरिक समाजको आग्रह
नेपालका तीन दर्जन भन्दाबढी नागरिक समाजका व्यक्तिहरूले कतारका आप्रवासी कामदारले भोगेको पिडाको समाधान र उनीहरूले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोलाई आग्रह गरेका छन् ।
गोल्डेन बुटको दौडमा मेस्सी भर्सेस एमबाप्पे
कतारमा जारी विश्वकप फुटबलको फाइनल समीकरणको रोचकतासँगै सर्वाधिक गोल गर्ने खेलाडीले पाउने गोल्डेन बुटको रस्साकस्सी पनि रोचक बनेको छ ।
महान् मिडफिल्डर मोड्रिचको विश्वकप यात्रा अन्त्य!
क्रोएसियाका प्लेमेकर लुका मोडिच फिफा वर्ष खेलाडीमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीले एक दशकदेखि बनाएको दबदबाको अन्त्य गर्ने खेलाडी हुनुहुन्छ। सन् २०१८ मा लुका मोड्रिड फिफा वर्षका सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको थियो। रियल म्याडिडलाई पाँच वर्षमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि र विश्वकपमा अनपेक्षित रूपमा क्रोएसियालाई फाइनलसम्मको यात्रा गराउन महत्वपूर्ण भूमिका खेलेपछि मोड्रिच सर्वश्रेष्ठ खेलाडी चुनिनुभएको हो।
अल्भारेजको उदय
अर्जेन्टिनाका २२ वर्षीय जुलियन अल्भारेज कतार विश्वकपमा चम्किएका स्ट्राइकर हुनुहुन्छ। यस विश्वकप सुरु हुनुअघि अल्भारेज अर्जेन्टिनाका पहिलो रोजाइका स्ट्राइकर हुनुहुन्थेन। उहाँले समूह चरणको तेस्रो खेलमा मात्र पहिलो रोजाइका फरवार्ड लाउटारो मार्टिनेजको स्थान लिनुभएको हो। सेमिफाइनल सकिँदा उहाँको नाममा चार गोल भइसकेको छ। पोल्यान्ड र अस्ट्रेलियाविरुद्ध गोल गरेका अल्भारेजले क्रोएसियाविरुद्धको सेमिफाइनलमा दुई गोल गरेर आफूलाई गोल्डेन बुटको होडमा सामेल गर्नुभयो। गोल्डेन बुटको लडाइँमा अल्भारेजभन्दा अगाडि किलियन एमबापे र लियोनेल मेसी मात्र हुनुहुन्छ।
विश्वकप उपाधिबाट एक खेल टाढा अर्जेन्टिना
खेलको समयमा लियोनेल मेसीले झुकेर आफ्नो बायाँ तिघ्रामा समात्दा अचानक विश्व फुटबलका प्रायः समर्थक चिन्तित बने। अर्जेन्टिनामा त आतङ्क नै फैलियो। सबैको डर आफ्ना सुपरस्टार मेसीको मांसपेशीमा खिचाव उत्पन्न भयो कि भन्नेमा थियो। जुन चोटले खेलाडीलाई केही खेलका लागि नै मैदानबाट बाहिर पठाउँछ। यसो भएमा क्रोएसियाको भाग्य हुने थियो।
साविक विजेता फ्रान्स फाइनलमा
साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि रक्षाको बाटोमा देखिएको हो ।
ऐतिहासिक यात्रामा मोरक्कोलाई फ्रान्सको चुनौती
कतार विश्वकपमा मोरक्कोको असम्भव देखिने र ऐतिहासिक यात्रा अब करिब करिब अन्तिम परीक्षामा पुगेको छ। अफ्रिकी महादेशबाट पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्ने टिम बनेको मोरक्कोले यो ऐतिहासिक भिडन्त उपाधि रक्षा अभियानमा रहेको फ्रान्ससँग खेल्दै छ। जुन टिममा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको युगपछिका नयाँ सुपर स्टार किलियन एमबापे हुनुहुन्छ।
अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा
अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।
विश्वकप सेमिफाइनल : मेस्सी भर्सेज मोड्रिच भिडन्त
कतारमा जारी फिफा विश्वकपको पहिलो सेमिफाइनल खेलमा आज (मङ्गलबार) राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।