आरोहणमा कीर्तिमानको ओइरो
गतका वर्षभन्दा यसपालि हिमाल आरोही पासाङदावा शेर्पा धेरै खुसी देखिनु हुन्छ । उहाँ धेरै बोल्नु त हुन्न तर हँसिलो अनुहारमा उहाँको यो खुसी प्रष्टै झल्कन्छ । हिमाल चढ्ने प्रायः विदेशीहरूका लागि उहाँले धेरै वर्षदेखि काम गर्दै आउनु भयो । यस पटक भने प्रसिद्ध गायक राजु लामालगायत नेपालीको पथप्रदर्शक बन्नु भयो । यही कार्यले उहाँमा अरू बेलाभन्दा धेरै खुसी छाएको हो ।
सगरमाथा आधार शिविर सार्ने तयारी
जलवायु परिवर्तनसंँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिनेक्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ ।पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था आएको भन्दै आधार शिविर सार्ने तयारी भइरहेको सरकारी अधिकारीले बताएका छन् ।
पर्यटक राख्न सामुदायिक पाहुना घर निर्माण
पर्यटकको व्यवस्थित बसाइँका लागि बागलुङको काठेखोला गाउँपालिका –४ तंग्राममा सामुदायिक पाहुना घर सञ्चालनमा आएको छ । जनजाती बाहुल्य रहेको तंग्राम ठूलो गाउँमा वडा कार्यालयले पाहुना घर निर्माण गरेको हो ।
महिलाका लागि पहिलोपटक जलयात्रा तालिम
नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाईड तालिम सुरु गरेको हो ।
रलिङ मेलाका लागि हेलिकोप्टर उडान
राजन रावतहुुम्ला, जेठ ३१ गते । धार्मिक तथा पर्यटकीय क्षेत्र रलिङ गुम्बामा लाग्ने मेलाका लागि हेलिकोप्टर उडान स्थानीय स्तरमा सुुरु भएको छ । धार्मिक मेला लाग्ने र आन्तरिक पर्यटकहरु गुुम्बाको अवलोकन गर्न जाने भएपछि हेलिकोप्टरले उडान भएको हो । रलिङ मेला हेर्न जानुुभएका सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकायाले रलिङका लागि दुुई वर्ष कोरोनाको कारण रोकिएको हेलिकोप्टर उडान सुुरु भएपछि जान पाइएको बताउनुुभयो । उहाँले उक्त पर्यटकीय क्षेत्रमा पहिले पैदल जाने गरिएको भए पनि अहिले हेलिकोप्टर उडान हुनेपछि सहज भएको बताउनुुभयो । उहाँले एकतर्फी उडान भाडा भने पाँच हजार पाँच सय लिने गरेको बताउनुुभयो । दुुईतर्फ आवतजावत गर्नेले भने एघार हजार रुपियाँ भाडा तिर्नुपर्नेछ । उहाँले नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रमुख मनोज डङ्गोलका अनुुसार मङ्गलबार चार बजेसम्म तीस वटा उडान भरेको छ भने उडान भर्ने कार्य बेलुुका सात बजेसम्म हावा नलागेसम्म जारी रहने बताउनुुभयो । प्रति उडान पाँच जना यात्रुु ओसार्ने भएको कारण एक सय पचास जना यात्रुुले हेलिकोप्टर चढ्नुुभएको छ । मङ्गलबार रलिङ जाने काम मात्र हुनेछ भने बुुधवार यात्रुु फिर्ता हुुनेछ । अन्य बेला पनि आन्तरिक पर्यटकहरुले हेलिकोप्टर उडानबाट गुम्बा तथा पर्यटकीय स्थलहरुको दर्शन र अवलोकन गर्दै आउनुुभएको छ ।
नाढीमन तालमा देखिन छाड्यो चहलपहल
सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित पर्यटकीय स्थल नाढीमन ताल पछिल्लो समय सुनसान देखिन थालेको छ । २०७२ साल चैतमा नेपाली सेनाले तालमा विभिन्न पर्यटकीय संरचना निर्माण गरी तत्कालीन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो । त्यसपछि तालमा डुङ्गा चढ्नेलगायत ताल अवलोकनका लागि पुग्नेहरु ह्वात्तै बढेका थिए ।
दुई विदेशी पर्यटक २४ दिनदेखि बेपत्ता
सोलुखुम्बुको खुम्बु क्षेत्रको पदयात्रामा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्क विहिन भएका छन् । सम्पर्क विहिन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया योहन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक
पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ । हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८-१० मात्र आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताउनुभयो ।
कान्छो सगरमाथा आरोही शम्भु तामाङ सिकिस्त
सगरमाथाको पहिलो पटक सानै उमेरमा आरोहण गर्नुहुने कान्छो आरोही शम्भु तामाङ क्यान्सर रोगका कारण सिकिस्त अवस्थामा हुनुहुन्छ । सिन्धुपाल्चोक रिस्याङ्खु मुल घर भइ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका तामाङ नेपाल क्यान्सर हस्पिटल, गोदावरी, ललितपुरमा भर्ना हुनुभएको छ ।